Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुवेतमा काम लगाइदिने भन्दै श्रीलङ्का पुर्याएर बेच्ने एक जना पक्राउ

काठमाडौं । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।

सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताएका छन् ।

त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल भएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies