Khabar Dabali Logo
  March 4, Thu

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त भएका छन् । न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मिएका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

सर्वोच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुन्। यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन्। विसं २०२४ वैशाखमा विराटनगरमा जन्मिएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो ।

फागुन २ गते, २०७७ - १८:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड निकासा गर्ने

काठमाडौ । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब...   

यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

बेङ्लोर । भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध...   

निर्णय दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको विरोध

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–माधव समूहले प्रतिनिधिसभा विघटनका पक्षमा रहेका...   

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका...   

दुर्घटनामा परी दुई जनाको मृत्यु

वाग्मती । मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका...   

फुङ्लिङमा आगलागीबाट तीन सय ३८ परिवार विस्थापित

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि...   

मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ...   

कामपाले दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गर्दै

काठमाडौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको...   

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६...   

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या

अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top