
ज्ञानेन्द्र जस्ताको त सातो लियौ, केपी ओली कहाँका को हुन् र ? माधव नेपाल

-
-
फागुन २ गते, २०७७ - १७:०३

तेह्रथुम । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तर्साएर आफुहरु नतर्सिने बताएका छन् । आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित बोल्दै नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले तर्साउन रामकुमारी झाँक्रीपछि आफु र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भएपनि झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए ।
‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले ज्ञानेन्द्र जस्ताको त आफुुहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ? भनेर प्रश्न गरे ।
‘जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
