Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार, माटो निकालेर आयु लम्ब्याउने

पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ ।

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो ९ग्रेगान०कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताँछन् । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उनले भने ।

उनले यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उनले जानकारी दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्यअभिवृद्धि लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्नहुन्छ ।

“अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ”, उनले भने । उनले अहिले फेवाताल वरिपरि रहेको फोेहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रहसमेत गरिएको बताए ।

पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिए । “अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ”, उनले भने।

उनले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताए । “फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि रु माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छ”, उनले थपे, “यो बेलामा माटो झिक्न कति बजेट लाग्छ, कहाँ व्यवस्थापन गर्ने, सबै अध्ययन र योजना बनाएर मात्र काम थालनी हुन्छ ।”

बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उनले जानकारी दिए । तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उनको भनाइ छ ।

ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताए । “अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । महानगसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ”, उनले भने । महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उनको भनाइ छ ।

वन विज्ञान अध्ययन संस्थानका पोखराका प्राध्यापक राजन सुवेदी यतिबेला ताल छेउमा देखिएका फोहर र थुप्रिएको माटो निकाल्न सहज हुने बताउँछन् । उनले पानीको सतह घटाउँदा जलचरलाई एक किसिमको असर परिसकेको र अब माटो निकाल्दा कम क्षति हुने तरिकाबाट निकाल्न सकिने बताए।

“अहिले नै जलचरलाई असर त परिसकेको छ ,अब वरिपरिको फोहर व्यवस्थापन र माटो निकाल्दा कम क्षति हुने गरेर सफा गर्न सकिन्छ”, जलाधार विज्ञ उनले भने । उनले थुप्रिएको माटोको गहिराइसम्म नभई केही माथिबाट माटो निकाल्दा धेरै असर नपर्ने बताए । “क्ले सोइल भयो भन पानी रहन्छ नत्र बलौटे माटोले पानी सोस्छ, फेवातालको भू–बनोट हेर्दा धेरै पहिले देखिको माटो थिग्रिएको छ अहिले दुई÷चार मिटर मात्रै निकाल्न सके पनि तालको आयु बढाउन सकिन्छ ।” उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भावनामा बगेरभन्दा पनि तथ्यको विश्लेषण गरेर काम गर्नुपर्ने बताउँछन् । “सिमसार र तालको एकल अधिकार सङ्घलाई छ, प्रदेशको गहनाका रुपमा रहेको तालको सौन्दर्यअभिवृद्धिका विषयमा धेरै कुरा उठेका छन् ।

हामीले हाम्रो क्षेत्राधिकारभित्रको सिमाङ्कनका विषयलाई तीव्ररुपमा काम गरेका छौँ यसै वर्ष यो टुङ्गो लाग्छ, अब यसको संरक्षण व्यवस्थापन स्थानीय तहको हो, समन्वय गरेरर ठोस धारणासहित अघि बढ्न सकिन्छ”, उनले भने । उनले प्राकृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणका लागि विज्ञको राय सुझाव र दीर्घकालीन हितका लागि काम गर्नुपर्ने भएकाले लहडको भरमा नभई विज्ञको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए ।

विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिमाण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँध मर्मतसम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लञ्चिङ एप्रोन राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतका लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ ।

जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रानले गर्दा फेवाताल पुरिँदै गएको निष्कर्षसहित फेवाताल संरक्षण अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं २३ खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको छ । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरले पाँच ठाउँमा बाँध र पोखरीका २८ करोड ९६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भई काम भएको हो । महानगरपालिकाले २०७७ सालमा प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो प्रतिवेदनमा फेवातालको क्षेत्रफल (५.०८ वर्गकिलोमिटर) १० हजार रोपनी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies