Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कर्णालीमा कोरोना खोप : पहिलो चरणमा छुटेकालाई लगाइँदै

कर्णाली । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ । “पहिलो चरणमा मौज्दात रहेको खोप लगाउँदैछौँ, केन्द्रबाट आइपुगेको छैन्”, निर्देशक डा खड्काले भने, “दुई मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौँ ।” दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो ।

यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गर्दैछ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए। नगरपालिकाले पहिलो चरणमा छुटेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय समूहका कर्मचारी ९अदालत, वकिल० र पत्रकारलाई यही फागुन ८ गतेसम्म खोप लगाउन मिति निर्धारण गरेको छ ।

यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies