Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इतिहासको कर्मले बाबुरामजी र मलाई अलग हुन दिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा गरिएको कर्मले आफू र डा. बाबुराम भट्टराईलाई अलग हुन नदिने बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी हुँदै संघीय समाजवादी र पछिल्लोपटक जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरू’ पुस्तकको लोकार्पणमा प्रचण्डले आफूहरू नजिक हुँदै गएको पनि सुनाए ।

‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ, तर फेरि मुद्दाको हिसाबले हामी एउटै मोर्चामा छौँ र इतिहासको कर्मले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले ताने जस्तो हाम्रो कर्मले नजिक ल्याई नै राखेको छ, हामीलाई अलग हुन दिँदैन,’ प्रचण्डले भने, ‘ती हजारौं सहिदहरूले, घाइतेहरूले, अपांगहरूले, बेपत्ता योद्दाहरूले हामीलाई अलग हुन दिँदैनन् । त्यतिवेलाका हाम्रा उदाप्त विचार, मानवीय संवेदना र अनुभूतिको तीव्रताका सबै दृष्टिले उच्चता छोएका ती दिनहरूले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ ।’

भट्टराईले २६औं जनयुद्ध दिवसका अवसरमा सो पुस्तक प्रकाशनमा ल्याएका छन् । फेरि एकपटक इतिहासलाई समीक्षा गरेर अग्रगमनका लागि, परिवर्तनका लागि सहकार्य गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिँदै प्रचण्डले जनआन्दोलन र जनयुद्धको उपलब्धि तथा संविधानको रक्षाका लागि मोर्चा कसेर नयाँ संकल्पसहित अगाडि बढ्न प्रस्ताव पनि गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा ठूलो विश्वासको संकट रहेका वेला अदालतबाट समेत अन्यथा हुन्छ कि भनेर अविश्वास गर्नुपर्ने अवस्था आएको बताए । संविधान निर्माणका वेला गरेको सम्झौतामा विश्वासघात गरी प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो ।

‘मुलुकमा अहिले विश्वासको संकट छ । यस्तो वेला कहीँ अदालतले पनि अर्कै फैसला गर्ने हो कि भनेर सोच्नुपर्ने भएको छ, जब कि कहीँ ठाउँ नै छैन । कुनै पनि ठाउँ छैन, एक अक्षर पनि छैन, एउटा धारा पनि छैन । तैपनि फैसला केपी ओलीले गरेको विश्वासघातलाई समर्थन गर्ने आउँछ कि भनेर अविश्वास गर्नुपर्ने अवस्था छ । राष्ट्रिय आत्मविश्वासको संकट आज देशमा छ ।’

कार्यक्रममा डा. भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमतिसहित अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसलाई कसैले पनि ‘बार्गेनिङ चिप्स’को विषय बनाउन नहुनेमा जोड दिए । आयोग बनेपछि कतिपय मानिसले हेग जानुपर्छ भन्ने थालेकोमा आक्रोश व्यक्त गर्दै भट्टराईले प्रश्न गरे, ‘हामी किन हेग जाने ? यो महान् क्रान्ति थियो, क्रान्ति गरेबापत अहिलेसम्म कोही हेग गएको छ ?’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबनिसम्बन्धी आयोग संविधानको महत्वपूर्ण अंग भएकाले शान्ति–प्रक्रियाका बाँकी कामलाई सबै मिलेर पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

जनयुद्धकै जगमा अहिलेको परिवर्तन आएको र पूरक आन्दोलनका रूपमा मधेस विद्रोह भएको भन्दै उनले अहिलेसम्मका सबैखाले राजनीतिक आन्दोलनको एकीकृत इतिहास लेखिनुपर्नेमा जोड दिए । इतिहास बिर्सने पार्टी र नेताहरूले वर्तमान र भविष्यको सही नेतृत्व गर्न नसक्ने उनको भनाइ छ ।

शनिबार नै राजधानीमा भएको अर्को पुस्तक विमोचनमा प्रचण्डले आफ्नो समूह फेरि अर्को क्रान्तिको तयारीमा रहेको बताए । नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन ‘जनयुद्ध’का राजनीतिक कमिसार गंगा कार्की ‘विश्व’द्वारा लिखित ‘दुसाध्य जनयुद्ध’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भने, ‘अहिले हामी फेरि प्रतिक्रान्तिविरुद्धको लडाइँमा छौँ । हामी फेरि क्रान्तिका निम्ति अर्को तयारीमा छौँ, तर पहिलेको जस्तो होइन, आजको जस्तो । आजको परिस्थितिअनुकूल । आजको अर्थतन्त्र, राजनीति, संस्कृति, मनोविज्ञान, विज्ञान–प्रविधिलाई विचार गरेर क्रान्तिको नयाँ मोडल हामी आफैले डोब खन्दै हिँड्नुपर्छ । कसैले राजमार्ग हामीलाई बनाई दिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्ने सहिदहरूको अपमान गरिए विज्ञानसम्मत ढंगले अर्को जनविद्रोह हुने प्रचण्डको दाबी थियो । ‘जनआन्दोलन र जनयुद्धका सहिदलाई कतिपयले दबाइदिने सोचेका होलान्, तर हजारौँ–हजार सहिदहरू, सबभन्दा तल्लो वर्गका उपेक्षित र विभेदमा पारिएका, अपमानित गरिएका समुदायबाट सबैभन्दा बढी सहिद भएका छन् । अहिले कुनै तरिकाले हामीले सम्मान गर्न सकिएन भने पनि अर्को आउँछन् र चियान खोतल्न थाल्छन्, हजारौँ सहिदका कंकाल निकालेर जुलुस निस्किन थाल्छन्,’ प्रचण्डले भने ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले विश्वमा सूचना प्रविधिको तीव्रतम विकासले माक्र्सवादको प्रयोगमा चुनौती थपिएको चर्चा गर्दै डाटा पुँजीवादलाई नबुझेसम्म समाजवाद प्राप्तिको दिशामा सही ढंगले अगाडि बढ्न नसक्ने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies