Khabar Dabali Logo
  March 5, Fri

भागरथीको हत्यामा ‘चिनेजानेकै व्यक्ति संलग्न’

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ – अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन् ।

‘घटनास्थलको भौगोलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडोकदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बनाए ।

‘हामी तुरुन्त दोषी पत्ता लगाउँदै, सार्वजनिक गर्छौं,’ उनले भने । प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य प्रमाण जुटाउन भने बाँकी रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

फागुन २ गते, २०७७ - ०७:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए...   

नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको...   

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका...   

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने...   

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक...   

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । आजको...   

साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो

काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच...   

पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरसतमा

प्रतिबन्धयता १६ को मृत्यु काठमाडौं । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा...   

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको...   
अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top