
उपत्यकाबाट मोटर साइकल चोरी गर्ने चार जना पक्राउ

-
-
फागुन १ गते, २०७७ - २१:३७

काठमाडौँ । ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । “भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौँ”, उनले भने ।
महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालू आवमा महाशाखाले उपत्यकामा हराएका १९६ मोटर साइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । महाशाखाले चालू आवमा उपत्यकामा मोटर साइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाई सकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या
अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु
मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक
काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...नेप्सेमा फेरी पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत...पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई...तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा
बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७...धवलागिरिमा किशोरी सम्मेलन
म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय...
