
क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प

-
-
फागुन १ गते, २०७७ - २१:१२

किमाथाङ्का । सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।
शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।
टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बित्दासक्दा पनि उठाएका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने माग गर्दै जलविद्य्त् आयोजनाको काम अवरुद्ध बनाएका छन् ।
ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सरुङ मार्गको काम गरिरहेको छ ।
ड्याम साइडमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन
ठक्करबाट मृत्यु भएका राईका आफन्तले क्षतिपूर्तिको माग राख्दै कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेपछि घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित १०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारत बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
प्रहरीले टिपर चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईं र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरु गाउँपालिका केन्द्रमा सञ्चालन भइरहेको तालीममा सहभागी हुन जाँदै थिए ।
आन्दोलित पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एशोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा
महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने...कञ्चनपुरमा साँझ दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो...दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
चरीकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको...देशले विकासको गति लिई सक्यो, अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको...नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग
काठमाडौ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति...२७ वर्षीय शिक्षक मृत फेला
डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई...बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि...रेमिट्यान्स दुरुपयोगले बढाउँदै सम्बन्धविच्छेद
गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...यी दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई...
