Khabar Dabali Logo
  March 9, Tue

अझै पार्टीबाट केही साथी चोइटिएर जाने सम्भावना छ : पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभामा मुलुकको विकास, समृद्धि र जनताको जीवनस्तर परिवर्तनका लागि नेकपा सरकारको विकल्प नभएको उनीहरूको दाबी छ ।

दुई चार जना नेताले बाटो बिराएर सडकमा कराउँदै हिँडे पनि मुलुकको विकासमा कुनै असर नहुने बताउँदै उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध राष्ट्र, सुखी नेपाली’को सपना पूरा गर्ने अभियानमा नेकपाको नेतृत्व एकताबद्ध रहेको उल्लेख गरेका छन् ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाबाट केही अलमलमा परे पनि पुनःपार्टीमै फर्किने दाबी गरे । आगामी निर्वाचनपछि पनि बहुमतका साथ नेकपाले नै देशको नेतृत्व गर्ने दाबी गर्दै उनले देशको समृद्धिका लागि नेकपाको विकल्प नभएको धारणा राखे।

पार्टीभित्रैका षड्यन्त्रकारीका कारण आज पार्टी विभाजन हुने आशङ्का बढेको बताउँदै उनले कम्युनिष्ट आन्दोलन, समृद्धि र समाजवादको यात्रामा अघि बढेको देख्न नचाहने बाहिर जाँदैमा पार्टीलाई असर नपर्ने उल्लेख गरे।

उनले भने, “जनताले साथ दिएका छन् प्रतिपक्षीलेसमेत साथ दिएको छ तर आफ्नै दलका नेताबाट प्रधानमन्त्री हटाउने खेल खेलिन्छ । यही कारण पार्टीबाट केही साथी चोइटिएर जाने सम्भावना छ ।”

फागुन १ गते, २०७७ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...   

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...   

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...   

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...   

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...   
नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...   

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...   

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...   

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...   

चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति

बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top