Khabar Dabali Logo
  March 3, Wed

निर्माणाधीन पर्खाल भत्किँदा दुई जनाको मृत्यु

दार्चुला । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।

एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिनुभयो ।

सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

फागुन १ गते, २०७७ - १८:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुङ्लिङमा आगलागीबाट तीन सय ३८ परिवार विस्थापित

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि...   

मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ...   

कामपाले दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गर्दै

काठमाडौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको...   

रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६...   

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या

अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...   

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...   
आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...   

समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...   

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...   

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top