Khabar Dabali Logo
  March 1, Mon

प्रदेश नं २ मा तीन सय ५६ किलोमिटर पक्की सडक निर्माण

जनकपुरधाम । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ । सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ । सो अवधिमा २४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।

प्रदेश परिवहन सञ्चालन गरिने

प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा रु तीन करोड नौ लाख ८२ हजारमा पाँचवटा बस खरीद गरिसकेको छ ।

पत्रकार सम्मेलनमा सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा ध्यान दिइनेछ भने ।

फागुन १ गते, २०७७ - १६:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...   

पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...   

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा...   

पार्टी एकताका लागि पहल गर्छौँ : नेता भट्टराई

धनुषा । नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले...   

नक्कली फेसबुक पेज बनाउने पोखरेल पक्राउ

काठमाडौ । प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको...   

कैदीबन्दीबीच झडप हुँदा तीन नाइकेसहित पाँच जना घाइते

तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन नाइके...   

विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौँ : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै...   

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

बागमती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई...   

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको...   

प्रधानमन्त्री ओलीका पक्षमा सय बढी सांसद : मुख्य सचेतक भट्टराई

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top