Khabar Dabali Logo
  March 1, Mon

नारायणी सिँचाइ कार्यालयको जमीन हिनामिना

वाग्मती । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जको जमीन हिनामिना भएको छ । रु ३० करोडभन्दा बढी मूल्य बराबरको सात कट्ठा १५ धुर सरकारी जमीन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानबिन एवम् संरक्षण गर्न माग गरिएको छ ।

वीरगञ्ज महागनरपालिका–१४ मा रहेको उक्त कार्यालयको कम्पाउन्डभित्रको पूर्वपट्टिको सात कट्ठा १५ धुर जमीन मालपोत कार्यालय पर्साबाट व्यक्तिको नाममा दर्ता भएकाले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरीसमेत गरिएको छ ।

वीरगञ्जका जहरुद्दिन अंसारीको नाममा मालपोत कार्यालय पर्साबाट २०६३ सालमा उक्त जमीन दर्ता भएको र उनीले लिखितरुपमा दाबी गरेपछि सो कार्यालयले सत्यतथ्य छानबीनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ ।

जमीनको मूल्य बढेको र अंसारीको दाबीसमेत भएपछि सिँचाइ कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङसमक्ष जमीनको सुरक्षा माग गरेका छन् ।

कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिँचाइ कार्यालयको त्यहाँ १० बिघाभन्दा बढी जमीन रहेको त्यसमध्ये सात कट्ठा १५ धुर जमीन पनि कार्यालयको रहेको प्रमाणसहित दाबी गरिएको छ । त्यो सम्पूर्ण जमीन २०३२ सालमा मुआब्जा दिएर खरीद भएको उनले लिखित प्रमाण देखाएका छन् ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार तत्कालीन नेपाल सरकारद्वारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ति ऐन २०१ अनुसार साबिक जिल्ला वारा वहुअरी गाउँपञ्चायत वडा नं ७ को कित्ता नं ०४ को सात कट्ठा १५ धुर जग्गा साबिक कार्यालय नारायणी अञ्चल सिँचाइ विकास योजनाको घरहरु निर्माणको निमित्त उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ बमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरीद भएको थियो ।

उक्त जग्गा पिप्रा पञ्चायत–९ बस्ने सिलाखत मियाँको नाममा मकवानपुर मालबाट २०३० सालमा अंशबण्डा भई कायम भएको प्रमाणका आधारमा नारायणी अञ्चलाधीश कार्यालय वीरगञ्जको च नं २०७८ मिति २०३२÷०१÷२६ को पत्रबाट आवासीय घरहरु निर्माणका लागि निज सिलाखत मियाँको नामको कित्ता नं ४ को सो जग्गा तत्कालीन अञ्चल सिँचाइ विकास योजनाले अधिग्रहण गरी लिने निर्णय गरेको बताइएको छ । विसं २०३१÷०२÷०४ को निर्णयबमोजिम प्रतिकट्ठा रु एक हजारका दरले मुआब्जा रकम सम्बन्धित जग्गाधनीले बुझी लगिसकेको हुँदा निज व्यक्तिको नामबाट लगत कटा गरी जग्गा प्राप्ति ऐन २०१८ को दफा १७ बमोजिम तत्कालीन सिँचाइ विकास योजना वीरगञ्ज हाल (नारायणी सिँचाइ व्यवस्थापन वीरगञ्ज पर्साको) नाममा नामसारी दर्ता गरी जानकारी दिनु हुन भनी भूमि प्रशासन कार्यालय बारा कलैयाको नाममा पत्र प्रेषित भएको थियो ।

सिलाखत मियाँको मृत्युपश्चात् निजको चार छोरामध्ये तीन छोराको मञ्जुरी सनाखतले निजको साहिलो छोरा जहरुद्दिन अंसारीको नाममा गलत मनसाय राखी मालपोत कार्यालय पर्साले नाम सारी गरेको मिसिल फाइलसहित जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रमुख मिश्रले जानकारी दिए ।

उक्त जग्गा कार्यालयको आवासीय भोगचलनमा रहेकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सुरक्षाको माग गरिएको छ । त्यहाँ कम्पाउन्डमा रहेको सानो घर मुआब्जा दिएर सो कार्यालयले खरीद गरेको बताइएको छ ।

फागुन १ गते, २०७७ - १५:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ

काठमाडौ । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...   

कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

ट्याक्टरको ठक्करबाट एघार वर्षीय बालिकाको मृत्यु

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ग...   

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौ । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि...   

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ

दहचोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी...   

विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको...   
अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन

अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन

काठमाडौ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय...   

सोलु एफएम कार्यालयमा आगलागी

सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको...   
बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...   

पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top