Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मूल्य बढी हुँदा बिकेन खाद्यको चामल

जाजरकोट । बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।

अरुवा मध्यम चामल प्रतिकेजी रु ४९, अरुवा मोटो रु ४६, स्टिम जिरामसिनो ६५, अरुवा मकवानपुर रु ४६, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुटबोरो रु ४६, प्लास्टिक जुटबोरो रु ४०, बङ्गलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट बिक्री गरिरहेको छ । यही चामल बजारमा प्रतिकेजी रु १० कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो । अहिले कम्पनीको नायकवाडा (घाट) चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा, घरङ्गा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भए पनि अहिले व्यापार कम्पनीको चामल महङ्गो भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए । मूल्य घटाउन लेखर पठाएको भए पनि मूल्य घटेर केन्द्रबाट आइनपुगेको जिल्ला शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।

सहुलियतामा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारको भन्दा महङ्गो भएको गुनासो आएपछि पटक–पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

डोल्पामा सबै ठाउँमा खाद्यान्न

पटक–पटक खाद्यान्न अभावको चर्चामा आउने डोल्पामा अहिले गाउँगाउँमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार अहिले चामल बिक्री हुने गति थेगिनसक्नु भएको छ । अहिले सदरमुकाम दुनैमा दुई हजार ६०० क्विन्टल, जुफालमा, एक हजार ३००, काइगाउँमा १७९ क्विन्टल, सर्मीमा ७००, लिकुमा १५०, श्हरतारामा ५५० मध्ये २०० क्विन्टल मात्र बाँकी छ । माथिल्लो डोल्पाको सालदाङ ३५०, घारगाउँ छार्का ताङसुङ ३५० वितरण भएको र २०० क्विन्टल वितरण हुन बाँकी रहेको प्रमुख पाण्डेले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies