
प्रेस युनियनले गर्यो पत्रकारको दुर्घटना बिमा

-
-
फागुन १ गते, २०७७ - ११:०५

काठमाडौं । नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए । उनले भने, “काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने छ ।”
एशियन लाइफ इन्स्योरेन्स दिपायल शाखामा पत्रकारको रु एक लाख बराबरको बिमा गरिएको छ । यसअघि युनियनले सङ्गठनमा आबद्ध सदस्यसहित ९२ पत्रकारको कोराना बिमा गरेको थियो । जिल्लामा आफ्नो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गर्ने प्रेस युनियन पहिलो सङ्गठन बनेको छ । प्रेस युनियनमा आबद्ध बिमा गरिएका पत्रकार कुनै दुर्घटनामा परे तत्काल एशियल लाइभ इन्स्योरेन्स दिपायल शाखाबाट बीमित रकम पाउने शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
