Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताए।

“खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ ।”

यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालीम केन्द्र स्थापना गर्ने सोच रहेको उहाँले बताए। खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार–११ र एन्फा–११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन्फा–११ ले ३–१ गोल अन्तरले विजयी भएको थियो । एन्फाका उपाध्यक्षसमेत रहनुभएका एन्फा–११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाइएको बताए । कोभिडका कारण गत वर्ष चैत ११ पछि ठप्प खेल गतिविधि सञ्चालनले खेलप्रेमीमा हौसला ल्याएको जिल्ला फुटबल महासङ्घ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies