
ढुङ्गा प्रहारबाट दुई प्रहरी घाइते

-
-
माघ ३० गते, २०७७ - १५:१६

वीरगञ्ज । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख डा उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार अर्का घाइते नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
भारतीयले ओरिया खोलामा आज बालुवा उत्खनन गरेर लैजाँदै गरेका अवस्थामा भारतीय ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले बताए ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोलीले बालुवा लोड गरिरहेका तीनवटा भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ । ट्र्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भङ्गहाका बासिन्दाले लाठी, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्र्याक्टर पनि भारतीयले खोसेर लगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिडारीगुठीका सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ठगी मुद्दामा एचआर सोलुशनका सञ्चालक पक्राउ
काठमाडौ । नेपाल प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...ट्याक्टरको ठक्करबाट एघार वर्षीय बालिकाको मृत्यु
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ग...आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौ । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि...कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ
दहचोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी...विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको...अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
काठमाडौ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय...सोलु एफएम कार्यालयमा आगलागी
सोलुखुम्बु । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको...बैतडी घटना, आरोपितको डिएनए परीक्षण गरिँदै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको...पन्ध्र करोड राजश्व छली, राठीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौ । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक...
