Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

कैलाली । कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ ।

हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका सेड अलि अग्ला छन्, यसलाई व्यवस्थित गर्न आवश्यक छ”, टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भने, “हाटबजारमा घरमा उत्पादन भएको तरकारी ल्याएर बिक्री गर्न सहज भएको छ । थोरै बारीमा खेती गरेका किसानले आफूलाई बढी भएको तरकारीसमेत बिक्री गर्न सजिलो भएको छ ।”

टीकापुर–१ वनगाउँ दक्षिणपुरुवाकी जुग्रीदेवी चौधरीले चार कठ्ठा जग्गामा तरकारी खेती गरेमा वर्षभरि हाटबजारमा तरकारी बिक्री गरेर गुजारा चलाउन सकिने बताए । “व्यावसायिक खेती गरेर हाटबजारमा बिक्री गरेर घर चलाउन सकिन्छ”, जुग्रीदेवीले भने, “हाटबजार तरकारी बिक्री गर्ने सजिलो माध्यम बनेपछि धेरै किसान व्यावसायिक बनेका छन् । अधिकांशले दुई÷चार कठ्ठामै खेती गरेर मनग्य कमाइरहेका छन् ।”

हाटबजारका लागि भनेर कृषि ज्ञान केन्द्र महेन्द्रनगरले एउटा र टीकापुर नगरपालिकाले तीन गरी चारवटा सेड निर्माण गरिएको छ । तरकारी बिक्री गर्ने किसान बढ्दै गएपछि रु ४५ लाखको लागतमा निर्माण गरिएका सेड व्यवस्थित बनाउने काममा टीकापुर नगरपालिका जुटेको छ । ज्ञानी कुला फाटेर बनेको बीच भागमा सेड बनाएर स्थायी कृषि हाटबजारको योजना नगरपालिकाले बनाएको हो ।

हाटबजार मङ्गलबार र शुक्रबार गरी हप्ताको दुई दिन लाग्छ । दुई सय ५० देखि ३०० किसान र व्यापारी तरकारी, माछा र नास्ताका पसल त्यहाँ आउने गरेका छन् । हाटबजारमा व्यवसाय गरेवापत रु १० देखि ५० शुल्क तिर्नुपर्छ । तरकारी बिक्री गर्नेले रु १० देखि २० र माछा र होटलले रु ५० शुल्क तिर्नुपर्छ । “एक दिनमा रु तीन हजार ५०० देखि तीन हजार ८०० शुल्क उठ्छ”, शुल्क बुझ्ने कर्मचारी नैनाकुमाल चौधरीले भने, “तरकारी पाइने सिजनमा ३०० कृषक हाटबजारमा आउँछन् ।”

टीकापुर नगरपालिकाका कृषि शाखाका प्रमुख तुलसी सुवेदीले हाटबजारस्थल व्यवस्थित गर्न माटो पटानी गर्न थालिएको बताए । उनले ज्ञान केन्द्र महेन्द्रनगरले अर्को तरकारी बिक्री गर्ने सेड निर्माण गरिदिने बताए । “कुला सोझ्याउनु पर्नेछ, शौचालय निर्माण गर्दैछौँ”, सुवेदीले भने, “हाटबजारका लागि गुरुयोजना निर्माण गरेका छौँ, यतिखेर मोटरसाइकल, साइकल राख्ने ठाउँ निर्माणमा जुटेका छौँ ।”

दैनिक सयौँ उपभोक्ताको खरिद केन्द्रका रूपमा तरकारी हाटबजारको विकास हुँदैछ । हाटबजारमा स्थानीय कृषकले आफ्नो उत्पादन हाटबजारमा बिक्री गर्न ल्याउने गरेका छन् । यो हाटबजारबाहेक जमरापारि बुधबार र शनिबार पनि टीकापुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजारलाई क्रमशः व्यवस्थित गर्ने योजना बनाएर ट्रस निर्माण गरिएको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“खरिद गर्न सजिलो होस् भनेर ट्रसको वरिपरि बाटो बनाउने, माटो पटानी र अन्य पूर्वाधार निर्माणको काममा चरणबद्ध लागका छौँ”, नगरप्रमुख रावलले भने, “हाटबजार व्यवस्थित गर्न रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग पनि छलफल भइरहेको छ, नगरपालिकाले आफ्नै स्रोतबाट पनि केही काम छिट्टै गर्छ ।”

“हाटबजारकै कारण तरकारी उत्पादक किसानले मूल्य पाएका छन्, किसानले आफ्नो उत्पादन आफैँ बेच्न पाउने वातावरण बनेको छ यसलाई व्यवस्थित गर्न जरुरी छ”, किसान शेरबहादुर साउदले भने, “तरकारी बिक्रीका लागि बनाएका सेड व्यवस्थित गर्नुपर्छ । अरु ठाउँबाट बजेट रकमान्तर गरेर भए पनि हाटबजारलाई सके जति व्यवस्थित गर्न जरुरी छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies