Khabar Dabali Logo
  March 1, Mon

काठमाडौँ उपत्यकामा पानी पिउन ‘वाटर एटिएम’

काठमाडौं । काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ। ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो।

काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ। त्यसो नभए चुपचाप बस्नुपर्छ। यसअघि राजधानीमा नागरिकले सहजरुपमा पानी पिउन पाउने अवस्था थिएन। पसलमा खरीद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महङ्गो हुने गरेको छ।

प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई मध्यनजर गरेर सरकारले काठमाडौँ महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने प्रणालीको विकास गरेको छ। सरकारले त्यसलाई वाटर एटिएमको नाम दिएको छ।

एटिएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ। किनकी नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो। सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटिएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ। यसले आमरुपमा नागरिकलाई राहत दिनेछ। वाटर एटिएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ।

खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आजदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो।

बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरे। सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ।

वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ। वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु दुई तिर्नुपर्नेछ। यस्तै एक लिटरका लागि र रु पाँच तिर्नुपर्छ।

वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ। यस्तै तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ। उक्त एटिएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ। त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ।

वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटिएम जडान गरिनेछ। राणाका अनुसार एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ।

काठमाडौँमा पिउने पानीको समस्या विकराल भएको र सार्वजनिक स्थानमा त पाउन नै मुस्किल भएको सन्दर्भमा राखिने वाटर एटिएमले आम नागरिकलाई सहजरुपमा स्वच्छ पानी पिउने वातावरण बनाएको छ।

विवरणअनुसार आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ। यस्तै काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ।

खानेपानीमन्त्री थापाले नागरिकलाई सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने ध्येयका साथ वाटर एटिएम सञ्चालनमा ल्याइएको बताए। मन्त्रालयका अनुसार वाटर एटिएमको लागत रु २ करोड रहेको छ। वाटर एटिएमको सुरक्षा र सञ्चालनमा सहजताका लागि आम नागरिक नै सचेत हुनुपर्नेछ। रासस

माघ ३० गते, २०७७ - ०८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न उठाउँदै संविधान संसोधनको माग

काठमाडौं । न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न...   
अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको...   

नेपालबाट कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

काठमाडौं । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क...   
अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने...   
राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको...   

प्रधानमन्त्री ओलीलाई हटाउन कानुनी रूपमै असहज

काठमाडौं। नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान...   

थप ५० लाख खोप किनिँदै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको...   

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ काठमाडौं । चोरीको नाटक गरी सहकारीको रकम...   

अब छिनोफानो संसद्बाटै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा...   

चुनावका नाममा आयोगको १० करोड खर्च

सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top