
मेक्सिकोद्वारा कोरोना विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

-
-
माघ २९ गते, २०७७ - १६:००

मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।
मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए ।
महामारी नियन्त्रण संयोजन समितिका प्रवक्ता समेत रहनु भएका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।
क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ ।
गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् ।
तर मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकहरुलाई दिइसकेको छ ।
मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ ।
मेक्सिकोमा कोभिड–१९ को संक्रमणबाट एक लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको यो संख्या विश्वमै तेस्रो बढी हो । पहिलो स्थानमा संयुक्तराज्य अमेरिका ९चार लाख ८३ हजार० रहेको छ भने दोस्रो स्थानमा ब्राजिल (दुई लाख ३४ हजार) रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
१ थान पेस्तोल सहित दुई जना पक्राउ
नवलपरासी । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका–३...महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ: उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको...बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष...नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना
काभ्रेपलाञ्चोक । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग...प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न
विराटनगर । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा...धर्मगुरु पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न
बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको...भू–उपग्रहसम्बन्धी आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट
काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)...बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
काठमाडौँ । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल...भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...
