
निवास पुगेकाे प्रहरीलाई झाँक्रीको जवाफ : पक्राउ गर्न पुर्जी लिएर आउनुहोस्

-
-
माघ २९ गते, २०७७ - १२:४७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने भए पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई बिहीबार उपस्थित हुन बोलाएको थियो । लगत्तै सादा पोसाकका सुरक्षाकर्मी उनलाई पक्राउ गर्न शंखमूलस्थित निवास पुगेका थिए ।
मैले यो राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, यसको प्रतिवाद गर्छौं भने,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘यो कानूनी पनि विषय भयो, त्यसकारण पक्राउ पूर्जी जारी गर्नुस्, आउनुस् भनेको छु ।’
पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘राज्यले नागरिकलाई बिनाकारण पनि २४ घण्टा थुन्न सक्छ । यो राजनीतिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।’
नेत्री झाँक्रीले आफूलाई एसएसपी दीपक थापाले फोन गरेर महाशाखामा उपस्थित हुन भनेपछि राजनीतिक मुद्दा भएको जवाफ दिएको सुनाइन् । उनले भनिन्, ‘मलाई प्रहरीले पक्राउ पुर्जी दिएको छैन । उहाँहरु फर्मल्ली आउनुभएको छैन ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओली झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै
- सुनको मूल्यमा उच्च अङ्क एक हजार ७०० को गिरावट
- ताप्लेजुङ दोभान बजारमा भिषण आगलागीः ३५ घर जलेर नष्ट
- पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि
- कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड