Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रदेश सरकारले इमान्दारीपूर्वक काम गरेको छः प्रदेश प्रमुख प्रसाइँ

मकवानपुर । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाइँले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै प्रदेश सरकारले आफ्नो जिम्मेवारीलाई जनताको माझमा इमान्दारीपूर्वक लैजान गरिएको प्रयास जनमुखी रहेको बताएका छन् ।

उनले प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आज हेटौंडामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै जनता अहिले राजनीतिक आन्दोलन होइन, शान्तिपूर्णरुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चाहेका छन् भने ।

प्रदेश प्रमुख प्रसाइँले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुवर्षीय योजना कार्यान्वयन गर्न सरकारले गरेको प्रयास जनताबीच लोकप्रिय रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारप्रति आम प्रदेशवासीको विश्वास र भरोसा छ, त्यसैले केही समूहबाट हुने राजनीतिक आन्दोलनलाई उनीहरुले स्वीकार नगर्ने स्पष्ट पारे ।

प्रदेश सरकार विसं २०७४ माघ २९ गते गठन भएको र सोही दिन मुख्यमन्त्री पदमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा सरकारले प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकास योजनाको बाँडफाँड र बजेट विनियोजित गरेर पारदर्शीका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने भूमिकामा बहुवर्षीय योजना कार्यान्वयन भइरहेको बताए ।

उनले प्रदेशअन्तर्गत विभिन्न जिल्लाको दुर्गम भेगमा रहेका विपन्न परिवारको खरको घरलाई विस्थापित गरी जस्ताको छाना लगाउने र ती घरमा एक धारा वितरण गर्ने अभियान अन्तिम चरणमा पुगेको बताउँदै ती क्षेत्रमा सरकारले अनुगमन टोली पठाइसकेको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले सरकारलाई आवश्यक पर्ने ऐन, कानून र निमावली तर्जुमा गरिसकेको बताउँदै सरकारले आफ्नो जिम्मेवारीमा पारदर्शी र इमान्दारीपूर्वक कर्तव्य पालना गर्दागर्दै पनि केही नेताहरुले अनावश्यक वादविवाद र आन्दोलनको घोषणा गरेर जनतामा प्रजातन्त्रप्रतिको वितृष्णा उत्पन्न गराउने काम गरेको दाबी गरे ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले सरकारलाई आवश्यकपर्ने विभिन्न ५८ ऐन कानूनको तर्जमा गरिसकेको र ११ ऐन संशोधनको लागि तयारी अवस्थामा राखिएको उल्लेख गर्नुहुँदै आर्थिक समृद्धि, विकासको पूर्वाधार र दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सरकारले आफ्नो भूमिकालाई गतिशील तुल्याउने कार्यमा एकजुट हुन आग्रह गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले प्रदेशको १३ वटै जिल्लामा सरकारले सन्तुलित, एकीकृत विकास र बहुवर्षीय योजनालाई कार्यान्वयन गर्दै लगिएको बताउँदै स्वास्थ्य उपचारका लागि प्रत्येक जिल्लामा अस्पताल स्थापना र प्रत्येक विद्यालयमा एक नर्सको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव राधिका अर्यालले प्रदेश सरकारले तीन वर्षमा गरिएको आवधिक योजना अनुसार कार्यान्वयन भइरहेको र जनतालाई अहिले स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न विभिन्न रणनीति योजना कार्यान्वयन भइरहेको छ भने।

सो अवसरमा प्रदेश प्रमुख प्रसाइँले वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश सरकारको तीन वर्षको तथ्याङ्क समावेश पुस्तक र प्रदेश नीति योजना आयोगद्वारा प्रकाशित प्रदेश विकास सम्बन्धी पुस्तकको विमोचन गरे ।

त्यस्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा विश्वकर्मा, प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्त लामा र नेपाल टेलिभिजन मकवानपुरका प्रतिनिधि दीपेन्द्र रोक्कालाई दोसल्ला ओढाइ प्रमाणपत्रद्वारा सम्मान गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies