Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पोखरा–सेतीवेणी–रिडी साइकल लेनसहितको वैकल्पिक राजमार्गको कालोपत्रे काम शुरु

पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु भएको छ ।

वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे शुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ । सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि रु तीन करोड विनियोजन गरेको छ । यसमा पर्वतका महाशिला गाउँपालिकाले रु दुई करोड ७२ लाख थप गरेको छ । यस वर्ष सडकखण्डअन्तर्गत महाशिलाको मिलनचोक र कास्कीको पामेबाट स्तरोन्नति र कालोपत्रेको काम शुरु गरिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताए । यो साइकल लेनसहितको नमूना सडक हो ।

यो सडक पोखराको लेकसाइडबाट शुरु भई–पामे–भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–त्रिवेणी–सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्नेछ । सडकमा पुलसमेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले जनाएको छ । यो सडकमा पोखरादेखि सेतीवेणीसम्मै सडकसहित साइकल लेनसमेत बनाउने तयारी भएकाले सरर साइकलमै पोखराबाट सेतीवेणी पुग्न सकिने भएको छ । पर्यटकीय गन्तव्य जोड्ने सडकमा साइकल लेनसमेत निर्माण हुने भएकाले मुलुककै नमूना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बताए ।

अध्यक्ष तिमिल्सिनाले रिडीदेखि पोखरासम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । विसं २०७० को संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो भने राष्ट्रियसभा अध्यक्ष भएपछि गृहजिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने बताउँदै आएका थिए ।

“डाँडैडाँडा सेतीवेणीदेखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० वर्ष पुरानो योजना भएकाले कालोपत्रे सडकमा सरर सेतीवेणी पोखरा पुर्याउने योजनाले मूर्तरूप लिँदा जिल्लावासीसँगै म पनि खुशी छु”, उनले भने, “समयमा नै निर्माणको काम सक्नु अबको चुनौती हो ।” सेतीवेणीदेखि पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालीग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्न सकिने छ । पर्वतको सुदूरदक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्ने छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies