Khabar Dabali Logo
  March 5, Fri

भागरथी हत्या प्रकरण : बटुवा खोज्दै प्रहरी

बैतडी । बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी आठ दिनदेखि अन्योलमा छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीसहितको टोली घटनास्थलमै छ । तर, हत्याको सुराक नलाग्दा प्रहरी हैरान भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।

दोगडा केदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक बालिकाको घर जाने सडकमा त्यस दिन क–कसले यात्रा गरेका थिए त ? यही कुरा पत्ता लगाउन प्रहरी बढी खटिरहेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथी आएको भनेर देख्ने मान्छे पत्ता लगाइसकेको छ । ‘उनले चाउचाउ खाँदै बसिरहेकी देख्ने मान्छे फेला परेका छन्,’ मृतकका आफन्त शिवराज भट्टले भने ।

केही दिन पहिले मृतकको कपाल बाँध्ने रबर सर्टको बटन आदि भेटिएका थिए । मोबाइल लोकेसनको आधारमा उनको हत्या शव भेटिएकै आसपासमा भएको प्रहरीले अनुमान लगाएको छ ।

माघ २९ गते, २०७७ - ०७:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

दाल प्याकेजिङमा त्रुटि भेटियाे , कारबाही गर्ने विषयमा अन्योल

काठमाडौं । तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको ४० हजार किलो रहर दालको प्याकेजिङमा त्रुटि भेटिए...   

नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको...   

महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका...   

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने...   

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक...   

ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । आजको...   

साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो

काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच...   

पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरसतमा

प्रतिबन्धयता १६ को मृत्यु काठमाडौं । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा...   

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको...   
अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top