Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन

काठमाडौं । आर्थिक वर्षको आधा अवधि सकिँदा प्रदेशको औसत खर्च १५ प्रतिशत पनि पुग्न सकेको छैन । पुस मसान्तसम्ममा प्रदेशहरूको कुल खर्च ३९ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो विनियोजित कुल बजेट २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको १४.८६ प्रतिशत मात्रै हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चालू आवको ६ महिनासम्ममा प्रदेशहरूले विनियोजित चालू बजेट १ खर्ब २३ अर्ब ७१ करोडको १५.८२ प्रतिशत खर्च गर्न सकेका छन् । त्यस्तै, प्रदेशहरूले विनियोजित कुल पुँजीगत बजेट १ खर्ब ३९ अर्ब ४९ करोडको १४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । यो अवधिमा सबैभन्दा बढी खर्च लुम्बिनी प्रदेशले २२.८ प्रतिशत गरेको छ भने सबैभन्दा कम खर्च कर्णाली प्रदेशले ८.३९ प्रतिशत मात्रै गर्न सकेको छ ।

संघीय सरकारको जस्तै प्रदेशहरूले समेत खर्च गर्ने क्षमता बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ६ महिनामा संघीय सरकारको कुल खर्च २८.१९ प्रतिशत पुगेको छ । तर, प्रदेशको खर्च भने संघको १३.३३ बिन्दु प्रतिशतले कमी हो ।

‘खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आएन’
संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमतामा अपेक्षित सुधार नै आउन नसकेको औँल्याएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटका अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले सुधारका प्रयास हुँदाहुँदै पनि तीनै तहका सरकारको आयोजना कार्यान्वयन र खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आउन नसकेको औँल्याएको हो ।

प्रदेश एकको खर्च औसतभन्दा बढी
प्रदेश १ ले चालू आवमा प्रदेशहरूमध्येको दोस्रो ठूलो बजेट ल्याएको थियो । तर, खर्च भने तुलनात्मक रूपमा औसत मात्रै भएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ ले कुल विनियोजित बजेटको १८.६८ प्रतिशत खर्च गर्न सकेको छ ।

चालू आवमा प्रदेश १ को कुल बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश १ ले विनियोजित चालू बजेट १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको १४.७१ प्रतिशत खर्च गरेको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित २१ अर्ब ९२ करोड ५० लाख रुपैयाँको २२.१४ प्रतिशत खर्च भएको छ ।

प्रदेश २ को खर्च औसतभन्दा थोरै
प्रदेश २ को खर्च निराशाजनक देखिन्छ । यस प्रदेशले समीक्षा अवधिमा कुल विनियोजित बजेट ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँको ९.५८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यसमध्ये चालूतर्फ विनियोजित १५ अर्ब ४२ करोड २७ लाखमध्ये १ अर्ब ५९ करोड ५६ लाख खर्च भएको छ ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित १७ अर्ब ९७ करोड ८३ लाखमध्ये १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश २ ले विनियोजित बजेटमध्ये ६ महिनामा चालूतर्फ १०.३५ प्रतिशत र पुँजीगततर्फ ९.०१ प्रतिशत खर्च गर्न सकेको हो ।

बागमती प्रदेश बजेट ठूलो खर्च थोरै
चालू आर्थिक वर्षमा सवैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमतीको खर्च भने धेरै हुन सकेको छैन । बागमती प्रदेशले चालू आवका लागि कुल ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

जसमा चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस ६ महिनाको अवधिसम्म बागमती सरकारले विनियोजित बजेटको १५.०३ प्रतिशत खर्च गरेको छ । त्यस्तै, चालूतर्फ विनियोजित बजेटको १७.०२ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेटको १३.४८ प्रतिशत खर्च गरेको छ ।

गण्डकीको खर्च औसतकै हाराहारी
गण्डकी प्रदेशले ६ महिनामा कुल ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको १५.१३ प्रतिशत हो । चालू आवका लागि गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । समीक्षा अवधिमा गण्डकीले १ अर्ब ९६ करोड ११ लाख रुपैयाँ चालू र ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो विनियोजित चालू बजेट १४ अर्ब ३४ करोड २७ लाखको १३.६७ प्रतिशत र पुँजीगत बजेट १९ अर्ब ९९ करोड ९५ लाखको १६.५५ प्रतिशत हो ।

लुम्बिनी सबैभन्दा धेरै खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षमा प्रदेश ५ को कुल बजेट ३६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ हो । पुस मसान्तसम्ममा यस प्रदेशले विनियोजित कुल बजेटको २२.८० प्रतिशत खर्च गर्न सकेको छ । त्यस्तै, चालूतर्फ ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ ।

यो खर्च विनियोजित १७ अर्ब ७३ करोड २५ लाख चालू बजेटको २६.७७ प्रतिशत हो । त्यस्तै, यस अवधिमा प्रदेश पाँचले ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । यो विनियोजित पुँजीगत बजेट १८ अर्ब ६२ करोडको १९.०२ प्रतिशत हो ।

कर्णाली सबैभन्दा कम खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशले कुल ३३ अर्ब ७४ करोड १४ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

कर्णाली सरकारले पुस मसान्तसम्ममा कुल बजेटको ८.३९ प्रतिशत खर्च गरको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशले चालूतर्फ १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालूतर्फ ११.६६ प्रतिशत तथा पुँजीगतर्फ ५.८७ प्रतिशत खर्च गर्न सकेको हो ।

सुदूरपश्चिमको खर्च औसत सरह
सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा कुल विनियोजित बजेट ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको १२.८२ प्रतिशत खर्च गर्न सकेको छ । समीक्षा अवधिमा सुदूरपश्चिमले चालूतर्फ १६ अर्ब ३२ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ करोड विनियोजन गरेको थियो । जसमध्ये हालसम्म चालूतर्फ १४.०५ प्रतिशत अर्थात् २ अर्ब २९ करोड २६ लाख र पुँजीगत ११.८५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies