
मुखमा टासेको कालोटेप निकाल्दै रामकुमारी झाँक्रीले भनिन् : हामी बोल्न जन्मिएका हौं

-
-
माघ २८ गते, २०७७ - १४:५४

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गरिरहेको छ।
सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ। यसैक्रममा कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि नेतृ राम कुमारी झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्।
त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। माक्स फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो।
उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं।
मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टिकरण दिएकी थिइन्।
‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’ नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठिन गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् ।
‘यो राष्ट्रपति सम्माननीय संस्था हो । हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिरमाथिको संस्था हो । तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस मैले गरेको छैन’, झाँक्रीले भनिन्,‘त्यो संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ’, झाँक्रीको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
