
म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

-
-
माघ २८ गते, २०७७ - १४:३७

याङ्गुन । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ ।
प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर कसैको मृत्यु भएको छैन। बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन ।
यसैबीच म्यान्मारको सेनाले नेत्री आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको उक्त दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । पार्टीको कार्यालय तहसनहस पारिदिएको यस अवस्थामा कोही कार्यकर्ता भने नभएका जनाइएको छ ।
सेनाले जारी गरेको रात्रिकालीन कफ्र्यूका बेला छापा मारेको बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग
डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु
याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...

प्रतिकृया लेख्नुहोस्:
- आज प्रचण्ड–नेपाल पक्षिय केन्द्रीय समितिको बैठक बस्दै : के छन् एजेण्डा ?
- अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या
- समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
- आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल
- गत वर्ष सन् २०२० मा भन्दा चीनमा २५० नयाँ अर्बपति थपिए