
पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म

-
-
माघ २८ गते, २०७७ - १२:५१

बागलुङ । कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उहाँ कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुन्छन् ।
गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लाग्नुभएका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहेका छन् ।
उनकोमा ३२ घार सेरेना जातका मौरी छन् भने ५०० बोट कागती । कागतीका १०० बोटले फल दिन थालेका छन् । मह पनि काढ्ने बेला हुँदैछ । खरेलले तरुल, टिमुर र बेसारको पनि व्यावसायिक खेती गर्दै आएका छन् । “१०० झाल तरुल र १०० बोट टिमुर पनि छ”, उनले भने ।
दुई वर्षअघिसम्म व्यावसायिक बाख्रापालन गर्नुभएका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाए । “बाख्रापालनबाट पनि राम्रै भइरहेको थियो, अहिले मौरीपालन र कागती खेतीमा हात हालेको छु”, उनले भने । नयाँ व्यवसायमा झण्डै रु सात लाख लगानी भएको खेरलले बताए ।
उनले ‘गलकोट कृषि तथा पशुपक्षी उत्पादन फार्म’ दर्ता गरेर व्यवसाय अगाडि बढाएका छन् । सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ । “परम्परागत खेतीले मात्र केही हुँदैन, कृषिको व्यावसायिक उत्पादनतर्फ लाग्नुपर्छ”, उनले भने । उनले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गरे । उत्पादनमा जोडिनुअघि खरेलले २० वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो । पढाइमा स्नातक खरेलमा कृषिबाटै आत्मनिर्भर बन्ने अठोट छ ।
उनीसँग निकट भविष्यमै व्यावसायिक भैँसीपालन थाल्ने योजना छ, जसका लागि गोठ निर्माणको कामसमेत अगाडि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले उत्पादनको बजारीकरणमा पनि कुनै समस्या छैन । पारिलो ठाउँ, उब्जाउ जमिन र उपयुक्त हावापानीका कारण छिसगाउँमा कृषि उत्पादनको राम्रो सम्भावना छ ।
प्रकृतिले नठगे र कुनै बाधा नपरे खरेलले यो वर्षदेखि मह, कागती, तुरुललगायत कृषि फसल बेच्न थाल्नेछन् । उनको कृषि व्यवसायमा पत्नी सीताको दरिलो साथ छ । सात सन्तानमा कान्छा छोराबाहेक सबैको बिहेबारी भइसकेको खरेलले सुनाए । “परिवार धान्न समस्या छैन, दुःख गरे सफल भइन्छ भन्ने विश्वास छ”, उनले भने ।
पत्रकारिताको पाटोमा खरेल
कृषि व्यवसाय सँगसँगै पत्रकारिता पनि अँगाल्नुभएका खरेल गलकोट पत्रकार समाजको अध्यक्षसमेत हुन् । उनी सामुदायिक रेडियो गलकोट एफएम र गलकोटपत्र साप्ताहिकमा संवाददाताको रूपमा क्रियाशील छन् ।
खरेलले गाउँठाउँका घटना र विषयलाई सञ्चारमाध्यममार्फत सम्प्रेण गरी जिम्मेवार पत्रकारको भूमिका निर्वाह गरिरहेका छन् । “कृषि त मेरो मूल पेशा नै भइहाल्यो त्यससँगै पत्रकारितालाई पनि अगाडि बढाएको छु”, उनले भने ।
ग्रामीण भेगमा बसेर दुवै क्षेत्रमा क्रियाशील हुँदा समाजले सम्मानको दृष्टिले हेर्ने गरेको खरेलको अनुभव छ । गाउँका घटना, विकास निर्माणका योजना र सार्वजनिक कार्यक्रमबारे समाचार दिँदा आफूलाई सन्तोष मिल्ने गरेको उनले सुनाए ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका साधारण सदस्यसमेत रहनुभएका खरेल र उनका परिवारजनले हालै आफ्ना दिवङ्गत बुबा टीकाराम खरेलको स्मृति र ९५ वर्षीया आमा धनकलाको सम्मानमा “टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’समेत स्थापना गरेका छन् ।
शाखामा स्थापित रु एक लाखको पुरस्कार कोषबाट जिल्लामा सक्रिय एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने भएको छ । पत्रकारिता क्षेत्रमा लागेका नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले परिवारका तर्फबाट पुरस्कार स्थापना गरिएको खरेलले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात...उत्तरी अफगानिस्तानमा शनिबार भएको भिडन्तमा आठ प्रहरीको मृत्यु
मजार ए सरिफ । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान...ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु
साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप...तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् ।...टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो
वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा...चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी
बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको...च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद...प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल...व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै
दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए...
