


सुन्तला उत्पादनमा वृद्धि


-
-
माघ २८ गते, २०७७ - १२:०१

उदयपुर । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार गत वर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर छ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन हुन पुगेको प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताए । यस वर्ष जिल्लामा रु १५ करोड भन्दा बढी मूल्यको सुन्तला उत्पादन हुन पुगेको ताप्ली गाउँपालिका ओख्लेका सुन्तला उत्पादक कृषक तथा सुन्तला जोनका संयोजक तोपबहादुर ठकुरीले बताए ।
कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश विश्वकर्माका अनुसार तीन वर्षदेखि यहाँको पहाडी क्षेत्रका चार गाउँपालिकामा प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर वर्षेनी सुन्तला खेती विस्तार हुँदै गएपछि अहिलेसम्ममा आइपुग्दा जिल्लामा एक हजार १५५ हेक्टर क्षेत्रफलमा विस्तार हुन पुगेको हो । गत वर्ष एक हजार ५५ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती भएको थियो भने यस वर्ष १०० हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।
जिल्लामा २०५५ साल भन्दा अगाडि परम्परागत सुन्तला खेती हुने गरेको र पहाडी क्षेत्रका केही स्थानमा ५० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती हुने गरेको थियो । विसं २०५८ देखि व्यावसायिक रुपमा सुन्तला खेती विस्तार हुँदै २०६४ सालमा आइपुग्दा जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा विस्तार भई हाल एक हजार १५५ हेक्टर जग्गामा खेती भइरहेको सुन्तला जोनका प्राविधिक नरनाथ रेग्मीले जानकारी दिए ।
अहिले जिल्लाका ताप्ली गाउँपालिकाका ओख्ले, पिपल न्ज्याङ, रुपाटार, तावाश्री, मादले, इनामे क्षेत्र सुन्तला जोन क्षेत्रका रुपमा घोषणा गरिएको छ । सो क्षेत्र सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिभाषित गरिएकाले नै सुन्तला जोन भएको कृषक ठकुरीले बताए ।
यस्तै जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुरगढी गाउँपालिकाका उदयपुर गढी, डुम्रे, तथा रौतामाई गाउँपालिकाका रौता, नामेटार, बोलुङखा, पोखरे, आँपटार, पाँबु, कोप्चे, आहाले, सल्ले, रामेटार क्षेत्र जिल्लाको दोस्रो धेरै सुन्तला उत्पादन हुने क्षेत्रका रुपमा परिचत रहेको कृषि ज्ञान केन्द्रका कर्मचारीले बताए ।
यता जिल्लाको उत्तरी पहाडी क्षेत्रका लिम्चुङबुङ गाउँपालिकाका बलाम्ता, बराह, जाँते, ताम्लीछा, छताङ र ठानागाउँ क्षेत्र जिल्लाको तेस्रो सुन्तला उत्पादन हुने सुन्तला जोनका रुपमा रहेको बताइएको छ । यी क्षेत्रबाहेक त्रियुगा नगरपालिकाका साउने र खाँबु, चौदण्डीगढी नगरपालिकाको चौदण्डी गढी क्षेत्रमा समेत केही वर्षयता आएर व्यापक सुन्तलाखेती विस्तार भएको पाइएको छ ।
अहिलेको गतिमा नै सुन्तलाखेती विस्तार हुँदै गए अवको सात वर्षसम्ममा उदयपुरमा वार्षिक रु ५० करोड भन्दा माथिको सुन्तला उत्पादन हुनसक्ने ज्ञानकेन्द्रका कर्मचारीले बताए । अहिले यहाँका सुन्तला जोनका व्यावसायिक सुन्तला उत्पादक कृषकले अधिकतम एक कृषकले वार्षिक रु ५० हजारदेखि रु १० लाखसम्म सुन्तला उत्पादन गरेर बिक्री गर्न थालेका बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ताम्राकार कम्प्लेक्सबाट बिना बिलको १ सय ७७ थान मोबाइल सहित ७ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित...करेन्ट लागेर २७ वर्षीय कमलको मृत्यु
रुपन्देही । ओमसतिया गाउँपालिका–३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका–१...कोरोनाबाट अमेरिकामा करिब ५ लाख व्यक्तिको मृत्यु
वासिङ्टन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको...नेपालगंजमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
बाँके । नेपालगंज उपमहानरगपालिका–पुरैनीस्थित सडक भे.१ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार...लिबियाका गृहमन्त्रीको हत्या प्रयास
त्रिपोली । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी...ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार
रियो डि जेनेरियो । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको...महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला
मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक...नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह
बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा...पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ जना सैनिकको मृत्यु
मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा...सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको...

प्रतिकृया लेख्नुहोस्:
- सगरमाथा इन्जिनीयरिङ कलेजद्वारा ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई आर्थिक सहयोग
- जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
- मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने
- चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत आठ हजार डलर क्षतिपूर्ति दिन आदेश
- टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते