Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कञ्चनपुरमा व्यवसायिक रुपमा स्ट्रबेरी खेती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ ।

त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा व्यवसायिक रुपमा स्ट्रबेरीखेती शुरु गरिएको हो । प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ । स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइकोसमेत व्यवस्था गरिएको छ । चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन शुरु गरेको छ ।

हालसम्म दश किलो बढी उत्पादित स्ट्रबेरी स्थानीय बजारमा बिक्री भएको छ । प्रति किलोग्राम रु सात सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको फार्मका सञ्चालक नन्दलाल भट्टले बताए । “काठमाडौँलगायत वाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ”, उनले भने, “भर्खरै स्ट्रबेरी पाक्न शुरु भएको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।” प्रत्येक बोटमा दशदेखि पन्ध्र दानासम्म स्ट्रबेरी फलेका छन् ।

“इन्टरनेटको माध्यमबाटखेती गर्ने तरिका सिक्यौं । कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा काठमाडौँबाट एक हजार ६०० स्ट्रबेरीका बोट ल्याई रोपेका हौं”, उनले भने, “यसरी फस्टाउने कल्पनानै गरेका थिएनौं । राम्रैसँग फल्न शुरु गरेको छ ।” दुई कठ्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादन सन्तोषजनक भएकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । नर्सरीमा उत्पादित बिरुवा बिक्रीसमेत गर्ने कार्य शुरु गरिएको छ । स्ट्रबेरीलाई भूइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । उत्पादन भएको सबै फल बिक्री नभएपछि प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाइ बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइने गरिन्छ ।

यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ । ठाउँ र जात अनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि तालीम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए । उनका अनुसार बिरुवा बारीमा रोप्दा एक बिरुवादेखि अर्को बिरुवाको दूरी ४५ सेन्टिमिटर र लाइनदेखि लाइनको दूरी ७५ सेन्टिमिटरसम्म राख्न उपयुक्त हुन्छ ।

फूल फूलेको करीब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies