Khabar Dabali Logo
  March 6, Sat

म्याग्दीको दुर्गममा क्षेत्रमा स्वास्थ्यचौकी स्थापना

म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई राहत मिलेको छ । साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।

गाउँपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको धारापानीका किरन थापाले बताउ । “यसअघि सामान्य बिरामी हुँदा पनि करिब एक घण्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो”, उनले भने, “स्वास्थ्यचौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”

धारापानीमा गत साउनमा शुरु भएको सामुदायिक स्वास्थ्य एकाइलाई २०७७ पुस दोस्रो हप्ता भएको विशेष गाउँसभाको निर्णयानुसार स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।

किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्यचौकी स्थापना भएको हो । तीनमध्ये दुईवटा कोठा स्वास्थ्यचौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् । एक अहेव र एक अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । “सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्छौँ”, उनले भने, “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौँ ।”

स्वास्थ्यचौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यस वर्ष विनियोजन भएको रु ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया शुरु गरेको छ । सात वडा रहेको धवलागिरिमा धारापानीसहित आठ स्वास्थ्यचौकी छन् । भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्यचौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ, ताकम र मराङ स्वास्थ्यचौकीको भवन यसअघि नै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा छ । मुदी स्वास्थ्यचौकीको पनि आफ्नै भवन छैन ।

माघ २७ गते, २०७७ - ११:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ वर्षीय भुजेल मृत अवस्थामा फेला

धादिङ । ज्वालामुखी गाउँपालिका–५ कुमालटारी बस्ने ५२ वर्षीय डम्बर बहादुर भुजेल सोही ठाउँस्थित डुम्रेखोला...   

क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट...   

४ किलो अवैध लागूऔषध गाँजा सहित २१ वर्षीय श्याम पक्राउ

चितवन । भरतपुर महानगरपालिका–११ जखेडिमाईबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका–२...   
सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा...   

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...   

२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित...   

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार...   

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि...   

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अमेरिकामा कोरोना बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top