Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

उत्तरी मादीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुशी

कास्की । कास्कीको मादी गाउँपालिका–१ खिलाङका गोलमान गुरुङलाई काँहुखोला–दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ । पुलका लागि लामो समय प्रयत्न गरेका उनीजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुशी छाएको छ । पोखरा–१३ र मादी–५ जोड्ने सिउँदीको मुखस्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर सवारी साधन वारपार गर्न थालेपछि गाउँलेमा खुशीयाली छाएको हो । सोमबार भव्य कार्यक्रमसहित पुल उद्घाटन भएपछि उनीहरु थप उत्साहित भएका छन् ।

मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख र कष्ट वर्णन गरिसाध्य छैन । गाउँमा कोही बिरामी परेर अस्पताल लैजाँदा होस् वा सामान्य अवस्थामा बजार आउँदा÷जाँदा होस् बर्खामा उर्लिएर आउने विजयपुर खोलाको भेलमा हेलिनुको विकल्प थिएन । विसं २०५५ तिर बनेको झोलुङ्गे पुलले पैदल आवतजावत केही सहज बनाए पनि नदीमा सवारी साधन वारपार हुन नसक्दा जनतालाई सास्ती थियो । बर्खा लाग्न थालेपछि गाउँलेको पोखरासँगको सम्पर्क विच्छेद हुने गरेको थियो ।

त्यसैले पनि लामो प्रयासपछि पुल बन्दा तत्कालीन बाटो समितिका अध्यक्षसमेत रहनुभएका गुरुङलाई अझै सपनाजस्तो लागिरहेको हो । पुल निर्माणसँगै गाउँमा विकास र समृद्धिको ढोका खुलेको उनले जनाए । उनले भने, “पुलका लागि धेरै ठाउँमा भनसुन गर्यौँ, डेलिगेशन गयौँ तर सफल भएका थिएनौँ । ढिलै भए पनि अहिले निर्माण भएकाले गाउँवासीमा खुशीको सीमा छैन, अझै सपनाजस्तो लागिरहेछ ।”

पोखरा महानगरपालिका र मादी गाउँपालिकाको उत्तरी सीमालाई विजयपुर खोलाले छुट्याएको छ । दुई पालिकाको सीमा रहेको नदी बर्खायाममा मादीवासीका लागि त्रास बनेर आउँथ्यो । हालको आधा गाउँपालिका वर्खायाम गाउँमै थुनिनुपर्ने बाध्यता थियो । अब भने उनीहरुले सुखका दिन महुसुस गरेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङले बताए ।

“पुलका लागि तत्कालीन जिविस हुँदै सडक विभागसम्म पहल भएको थियो । सडक विभागबाट पुलको योजना परेर काम सफल हुँदा उत्साह जागेको छ । योजना पार्न लागिपर्ने गाउँका अग्रज, राजनीतिक दल, सडक विभागका तत्कालीन र वर्तमान डिभिजन प्रमुख, जनप्रतिनिधिसहित यसमा भूमिका खेल्ने धन्यवादको पात्र हुनुहुन्छ”, उनले भने ।

खोलामा पक्की पुल स्थानीयवासीको हरेक निर्वाचनमा पहिलो माग रहने गरेको थियो तर लामो समय त्यसले सार्थकता पाउन नसके पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि दबाब बढ्योे । विगतमा सर्भे र माटो परीक्षणमा असफल भए पनि जनप्रतिनिधि आएपछि विभिन्न विकल्पसहित पुल निर्माणको योजनालाई सफल बनाइयो । पुल बनेपछि मादी गाउँपालिकामा १२ वडामध्ये छ वडाका १० हजार बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । वडा नं १, २, ३, ५, ६ र ७ का वासिन्दाको शहर र गाउँ आवतजावतमा सहज भएको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ वर्षौँ अघिदेखिको पुलको सपना विपनामा परिणत हुँदा आफूहरु खुशीले भावविह्वल बनेको बताए । लोकतन्त्र र सही नेतृत्वका कारणले पुलसहित मादीमा विकासको ढोका खुलेको भनाइ अध्यक्ष गुरुङको छ । उनले भने, “विजयपुर खोलामा पुल नहुँदा मादीका आधा जनसङ्ख्या बर्खाको खोलामा भारी बोकेर हिँड्नुपर्ने, शहर जान वञ्चित हुनुपर्ने बाध्यता थियो तर अब ती दिन गएका छन्, गणतन्त्र र जनप्रतिनिधि आएपछि बनेको पुल लोकतन्त्रको फल हो ।”

गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको शान्ति प्रक्रियाको उद्गम थलो मानिएको सिक्लेस प्रवेशको प्रमुखमार्ग यही हो तर सिक्लेस जान पुलकै कारण सहज थिएन । पर्यटनको गन्तव्य बनेको सिक्लेसको चर्चा शान्ति सम्झौतापछि स्वदेश तथा विदेशमा समेत थप चर्चामा छ । देशमा चलेको १० वर्ष लामो माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणको श्रेय सिक्लेसलाई जाने गरेको छ । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाबीच विसं २०६३ जेठ अन्तिम साता सिक्लेसमा वार्ता भएको थियो ।

सोही वार्तापछि प्रचण्डलगायत माओवादी नेतृत्व असार पहिलो साता राजधानीमा पहिलोपटक सार्वजनिक भएको र शान्ति सम्झौतापछि देशमा द्वन्द्व अन्त्य भएकाले सिक्लेसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले ‘शान्ति स्मारक’ निर्माण गरेको छ । स्मारक अनावरणका लागि विसं २०७५ मङ्सिरमा सिक्लेस आउँदा प्रचण्डले विजयपुर खोलाको सोही पुलसमेत शिलान्यास गरेका थिए । प्रचण्डबाट शिलान्यास भएकाले समेत पुल निर्धारित समयभित्रमा बनेको विश्वास स्थानीयवासीले गरेका छन् ।

पुल बनेसँगै सिक्लेसको भविष्य थप सुन्दर बनेको गाउँका अगुवा बताउँछन् । सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताए । सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ । विसं २०७५ असार २१ गते रायमाझी÷द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies