
२३ वर्षीया युवतीको बलात्कारपछि हत्या प्रयास : पीडित युवती १३ दिनदेखि अस्पतालमा अर्धचेत

-
-
माघ २७ गते, २०७७ - ०७:४७

काठमाडौं । सौतेनी बाबुबाट बलात्कृत काठमाडौंको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवनमरणको संघर्षमा छिन् । गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीया युवतीको हत्या प्रयास भएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । दाँतहरू समेत फुटेका छन् । वीर अस्पतालमा उपचाररत उनी अझै अर्धचेत रहेको उनकी आमाले बताइन् । ‘हिजोबाट अलिकति होस आयो,’ सोमबार साँझ उनले भनिन्, ‘वेलावेला होस आउँछ, डाक्टरले अझै केही भन्न सकिने अवस्था छैन भनेका छन् ।’
पीडित युवती होस खुल्दा चिच्याउने गर्छिन् । त्यतिखेर अस्पतालको शैंयामा समेत उनका हात बाँधेर राख्ने गरिन्छ । डेरामा एक्लै भएको वेला सौतेनी बुबा रमेश (नाम परिवर्तन) ले उनीमाथि बलात्कार गरेका हुन् ।
पीडित युवती चार वर्षकी हुँदा उनकी आमा र रमेशले विवाह गरेका थिए । धनुषा घर भएका रमेशले त्यतिखेर आफू अविवाहित रहेको बताएका थिए । तर, पछि उनको घरमा श्रीमती, एक छोरा र छोरी रहेको थाहा भयो । उनीहरू गाउँमै बस्थे । बिहेपछि उनीहरूबाट पनि एक छोरी पनि जन्मिइन् । श्रीमान–श्रीमती र दुई छोरी काठमाडौंमा बसिरहेका थिए । केही समयअघि मात्रै जेठी श्रीमतीपट्टिको छोरा पनि काठमाडौं आएर उनीहरूसँगै बस्न थालेका थिए ।
घटना भएका दिन पीडित युवतीकी आमा उपचारका लागि अस्पताल भर्ना भएकी कान्छी छोरीको कुरुवा बसेकी थिइन् । उनीसँगै रमेशको जेठी श्रीमतीतिरका छोरा पनि अस्पतालमै थिए । बलात्कार र हत्या प्रयासपछि रमेश भागेर धनुषा गएका थिए । उनलाई १५ माघमा धनुषाबाटै पक्राउ गरी ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
‘भोलिपल्ट बिहान अस्पतालमा खाना ल्याउन फोन गर्दा उसले (अभियुक्त रमेश) ले कोठामा गएर हेर, तेरी छोरीको के हाल गराएको छु भन्यो,’ पीडित युवतीकी आमाले भनिन्, ‘नभन्दै कोठामा गएर हेर्दा छोरी रक्ताम्य अवस्थामा बेहोस थिइन् ।’ रमेशको जेठी श्रीमतीपट्टिका छोराले नै उनलाई ट्याक्सीमा राखेर उपचारका लागि नेपाल मेडिकल कलेज पुर्याएका थिए । ‘अनुहार र टाउको पूरै रक्ताम्य थियो,’ पीडित युवतीकी आमाले भनिन्, ‘आफ्नै मान्छेबाट यस्तो नसोचेको अपराध भयो ।’
बलात्कार प्रतिकार गर्ने क्रममा युवतीले रमेशको हात टोकिदिएकी थिइन् । त्यसपछि रिसाएका उनले ढुंगाले टाउकोमा हान्नुका साथै फलाममा टाउको ठोक्काएका थिए । प्रहरीको बयानमा उनले रक्सीको नसामा त्यस्तो अपराध गरेको बयान दिएका छन् । उनलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको बौद्ध वृत्तका डिएसपी नवीन कार्कीले बताए ।
पीडित युवतीको परिवार निम्न आर्थिक अवस्थाको छ । सबै जना नजिकै ऊनी कारखानामा काम गर्छन् । मजदुरी गरेको पैसाबाट अहिले उपचार खर्च जुटाउनसमेत गाह्रो भइरहेको उनकी आमाले बताइन् ।
पीडित युवतीकी आमा भन्छिन्– ऋण खोजेर उपचार गराइरहेकी छु
आर्थिक अवस्था कमजोर छ, त्यसैले हामी नजिकैको ऊनी फ्याक्ट्रीमा मजदुरी गर्छाैँ । त्यस दिन म अस्पतालमा थिएँ । त्यही दिन कान्छी छोरीको खुट्टाको अप्रेसन भएको थियो । उसको (अभियुक्त रमेश) को छोरो र म अस्पतालमै बस्यौैं ।
राति जेठी छोरी (पीडित युवती) र ऊ (रमेश) पनि अस्पताल आएका थिए । केहीबेरपछि बुबा–छोरी कोठामा फर्किए, हामी अस्पतालमै बस्यौं । राति करिब ९ बजेतिर छोरी (पीडित युवती) ले फोन गरेर ‘बहिनीको होस आउने बित्तिकै मलाई बोलाउनुस् ल’ भनेकी थिई ।
भोलिपल्ट बिहान ‘ममी मेरो मोबाइलबाट बुबालाई फोन लागेन, तपाईंको मोबाइल दिनु न’ भनेर छोरा (रमेशको) ले माग्यो । फोनमा उसले बुबा (रमेश) लाई ‘खाना लिएर आउँदा औषधि पनि लिएर आउन’ भन्यो । तर, उताबाट उसले (रमेश) ‘मैले त्यसको छोरीलाई मारिसकें, त्यहाँबाट तँ पनि भाग’ भन्यो । त्यसपछि मोबाइल तानेर मैले कुरा गरें । उसले ‘कोठामा गएर हेर तेरी छोरीको के हाल गराएको छु’ भन्यो ।
नभन्दै कोठामा गएर हेर्दा छोरी बेहोस थिई, टाउको पूरै रक्ताम्य थियो । उसैको (रमेशको) छोराले बेहोस भएकी छोरीलाई गाडीमा राखेर नेपाल मेडिकल कलेज ल्यायो । एमआरआई गर्नुपर्ने भएकाले त्यहाँबाट वीर अस्पतालमा रिफर गरियो । बाँच्छे भन्ने लागेकै थिएन । हिजोबाट बल्ल अलिअलि होस आएको छ । होस आएको वेला पनि के–के भनेर कराउँछे । होस आउँदा हातखुट्टा बाँधेर राख्नुपर्छ ।
अस्पतालमा कुरेको १२ दिन भइसकेको छ । सहयोग गर्ने कोही पनि छैनन् । आफन्तहरूसँग ऋण खोजेर उपचार गराइरहेकी छु ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…
काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...हराए लालसेना, बिलाए सपना
काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर
काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...सत्ता खेलमा अल्झिँदै सांसद्
काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग
काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा
काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...
