
मन्त्री भट्टको प्रश्न : प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?

-
-
माघ २६ गते, २०७७ - १९:२१

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन्। प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए।
उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नपाएर केही नेता नेकपाबाट चोइटिएर गए पनि देशभर पुनःगठन गरेर पार्टीमा नयाँ गति दिन सकिने बताए । नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले नेकपाको मूल पार्टी प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै रहेकाले कार्यकर्तालाई कुनै भ्रम नराख्न आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमले नयाँ राजनीतिक परिस्थितिलाई मनन गरेर ताजा जनादेशका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
