
प्रजनन् केन्द्रमा हुर्काइएका ७० गोही नदीमा छाडिए

-
-
माघ २६ गते, २०७७ - १७:०५

चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उनले जानकारी दिए । यस आर्थिक वर्षमा १०० गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।
यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।
निकुञ्जको प्रजनन केन्द्रमा हाल ५८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याई कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५२ वर्षीय भुजेल मृत अवस्थामा फेला
धादिङ । ज्वालामुखी गाउँपालिका–५ कुमालटारी बस्ने ५२ वर्षीय डम्बर बहादुर भुजेल सोही ठाउँस्थित डुम्रेखोला...क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट...४ किलो अवैध लागूऔषध गाँजा सहित २१ वर्षीय श्याम पक्राउ
चितवन । भरतपुर महानगरपालिका–११ जखेडिमाईबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका–२...सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा...नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित...उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा
बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार...कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि...भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अमेरिकामा कोरोना बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४०...
