Khabar Dabali Logo
  March 8, Mon

कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ ।

भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ ।

गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७९ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभरी २० करोड १९ लाख ६१४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । आइतबार एकै दिनमा मात्र पाँच लाख ३२ हजार २३ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेका आइतबार जनाइएको छ ।

माघ २६ गते, २०७७ - १३:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ थान पेस्तोल सहित दुई जना पक्राउ

नवलपरासी । कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकबाट १ थान पेस्तोल सहित गोरखा चुमनुब्री गाउँपालिका–३...   
महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ: उपराष्ट्रपति पुन

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ: उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको...   

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...   

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष...   

नेपाली सेनाको ‘एकीकरण पदमार्ग’ प्रवद्र्धन योजना

काभ्रेपलाञ्चोक । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग...   
प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

विराटनगर । प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा...   
धर्मगुरु पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

धर्मगुरु पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

बग्दाद । इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको...   
भू–उपग्रहसम्बन्धी आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट

भू–उपग्रहसम्बन्धी आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)...   

बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौँ । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल...   

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top