Khabar Dabali Logo
  March 2, Tue

एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले रु नौ करोड बक्यौता बुझाउन बाँकी छ ।

एयरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो । उनीरुलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सोसमेत पेश गर्न आग्रह गरिएको छ । तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ । कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एयरको बक्यौता रु चार करोड ७० लाख ६० छ । त्यस्तै कस्मिक एयरको रु तीन करोड ४७ लाख बाँकी रहेको छ । त्यस्तै शिवानी एयरको रु ५५ लाख ५१ हजार, गोरखा एयरको रु २० लाख, कर्णाली एयरको रु १७ लाख ४६ हजार, माउन्टेन एयरको रु १७ लाख ४६ हजार, साङ्ग्रिला एयरको रु १५ लाख ३७ हजार, स्काइलाइन एयरको रु १५ लाख ५० हजार, एयर काष्टमण्डपको रु सात लाख ३८ हजार, नेपाल एयरवेजको रु पाँच लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रहेको छ । हाल नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

माघ २६ गते, २०७७ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करेन्ट लागेर १४ वर्षीय सुमनको मृत्यु

बागलुङ । गल्कोट नगरपालिका–३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने बडिगार्ड गाउँपालिका–२ सक्नियार घर...   

ईमाडोलबाट ४ लाख बराबरको विभिन्न धनमाल चोरी

ललितपुर । महालक्ष्मी नगरपालिका–१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका–६ घर...   

पानीको खाल्डोमा डुबेर ४ वर्षीय बालकको मृत्यु

बारा । निजगढ नगरपालिका–८ ठाडोलाईन बस्ने सरोज कुमार लामाको ४ वर्षीय छोरा अदबिक लामाको धाराको पानी जम्मा...   

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा भट्टराईको जोड

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले...   

सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

लहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२...   

३ किलो अवैध लागूऔषध गाँजा सहित अधिकारी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ...   
राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी...   

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली...   

डोजरले फालेको माटाले पुरेर एक महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर...   

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top