
धारा ७४ वरिपरि सरकारी वकिल

-
-
माघ २६ गते, २०७७ - ०८:४८

काठमाडौं। सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् । मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – धारा ८५ ले कार्यकालअगावै विघटन हुने परिकल्पना गरेको ७६ (७) ले विघटनपछि निर्वाचन हुनुपर्ने समय तोकेको र ७४ को संसदीय शासन प्रणालीको मूल्यमान्यताले प्रधानमन्त्रीलाई सिफारिसको उक्त अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ ।
संसदीय मूल्य मान्यतामा प्रधानमन्त्रीको विशेषाधिकार हुने तर्कलाई बलियो रूपमा वरिष्ठ अधिवक्ता पन्तले इजलासमा प्रवेश गराएका थिए । त्यसयता बहसमा आएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले उक्त विषयलाई जोड दिए ।
त्यसपछि बहसमा आएका नायब महान्यायाधिवक्ताहरू नारायणप्रसाद पौडेल, विश्वराज कोइराला, डा. टेकबहादुर घिमिरेले पनि सो विषयलाई बलियोसँग उठाए । साथै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवाली, उद्धव पुडासैनी र दशरथ पङ्गेनी र श्यामकुमार भट्टराईको तर्क पनि संसदीय मूल्य मान्यताले प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको थियो । जिकिरको मुख्य स्रोत धारा ७४ लाई नै मानिएको छ ।
नायब महान्यायाधिवक्ता पाण्डेय र सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले धारा ३०६ को अवशिष्ट अधिकारलाई पनि प्रधानमन्त्रीको अधिकार स्रोतका रूपमा व्याख्या गरे। ३०६ को खण्ड (ज) मा सरकारी वकिलहरूको जोड छ । उक्त खण्डमा राज्य शक्तिको परिभाषा गरिएको छ ।
खण्ड (ज) को परिभाषामा भनिएको छ, ‘राज्यशक्ति भन्नाले राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार सम्झनुपर्छ र सो शब्दले अवशिष्ट अधिकार समेतलाई जनाउँछ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महामारीमा बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट
काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका...नेपाली आकाशमै इन्टरनेटको सुविधा
काठमाडौँ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने...नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक...ओली कि प्रचण्ड–नेपाल समूह : काँग्रेस अझै अलमलमा
काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । आजको...साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो
काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच...पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरसतमा
प्रतिबन्धयता १६ को मृत्यु काठमाडौं । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा...प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव
काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको...अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा
काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...दुबईमा ८ महिनादेखि सयाैँ नेपाली तलब बिहिन
काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका...नाटकीय खेलमा सेभियासंग ३–२ को जीत हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल
स्पेन । सेभियालाई दोस्रो लेगमा पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाउन सफल भएछ...

प्रतिकृया लेख्नुहोस्:
- पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरसतमा
- प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव
- वाग्मती नदीमा पानीको सतह बढ्न सक्ने, स्थानीयवासीलाई सजग रहन अपिल
- सेनाको लडाकू विमानद्धारा गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए
- “काठमाडौँ ट्राफिकको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद”