Khabar Dabali Logo
  March 2, Tue

प्रधानसेनापति थापाले भने, ‘नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम’

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल–भारत खुला सीमानामा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम बढेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनबारे आयोजित सेमिनारलाई आइतबार सम्बोधन गर्दै प्रधानसेनापति थापाले दीर्घकालीन रूपमा सीमा समस्या समाधानका लागि वैज्ञानिक सीमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘सीमा क्षेत्र (खुला सीमाना) मा चेलीबेटी बेचबिखन, आपराधिक एवं गैरकानुनी घुसपैठ, अन्तर्राष्ट्रिय आपराधिक एवं आतंकवादी गतिविधिहरूको जोखिम निरन्तर रहँदै आएको छ,’ प्रधानसेनापति थापाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानालाई वैज्ञानिक ढंगले थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता हामी सबैले टड्कारो महसुस गरेका छौँ ।’ आमसर्वसाधारणले पनि सीमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै आएको उनको जिकिर थियो ।

प्रधानसेनापति थापाले सीमा सुरक्षाबारे सरकारको आगामी नीति तथा कार्यक्रमले नै थप प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार सीमा सुरक्षामा ३४ निकाय संलग्न छन् । ‘उनीहरूबीच समन्वय र प्रस्ट कार्यविभाजन अपरिहार्य छ,’ थापाले भने ।

खुला सीमानाका कारण कोभिड–१९ को समयमा नेपाललाई थप समस्या आइपरेको प्रधानसेनापतिको संकेत थियो । विगतबाट पाठ सिक्दै भविष्यमा हुन सक्ने जोखिम र विपत्तिको सामना गर्न पनि सीमा व्यवस्थापन मजबुत बनाइराख्नु जरुरी रहेको उनको भनाइ थियो । प्रधानसेनापति थापाले सीमा व्यवस्थापन सुदृढ हुनुपर्ने र सुरक्षाकर्मीहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकारसँग माग समेत गरे ।

जंगी अड्डामा प्रधानमन्त्री ओली
सेमिनारको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले सीमा सुरक्षाका लागि चारै सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बीच समन्वय हुने नयाँ संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रधानसेनापति थापाले भारतको नाम उल्लेख गरेनन्, तर मित्रराष्ट्रहरूसँग ऐतिहासिक तथ्यका आधारमा सशक्त रूपमा नेपालले आफ्ना धारणा राख्नुपर्नेसमेत सुझाब दिए । विकट भौगोलिक बनावट र खुला सिमानाका कारण छिमेकीहरूसँग वेलावेलामा विवाद हुने गरेको, तर नेपालले आफ्ना धारणा स्पष्ट रूपमा राख्नुपर्ने प्रधानसेनापतिको भनाइ थियो ।

नेपाल सरकारले गत २३ असारमा राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना स्वीकृत गरेको थियो । जसअनुसार नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सबै निकायहरूबीच समन्वयका क्षेत्रहरूको पहिचान गर्न र सरकारलाई सिफारिस गर्न जंगी अड्डामा सेमिनार आयोजना भएको हो । सेमिनारको संयोजन राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले गरेको छ । सेमिनारका सत्रहरू पहिलो दिन जंगी अड्डामा भयो भने दोस्रो दिन सोमबार हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालयमा हुनेछ ।

‘सेमिनार मुख्य रूपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरू र सम्बद्ध विभिन्न निकायहरूको भूमिकामा केन्द्रित रहनेछ,’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सेमिनारमा सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमापारिका समकक्षीहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने तरिका, सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषयमा छलफल हुनेछ । सेमिनारका निष्कर्ष नेपाल सरकारलाई बुझाइने जंगी अड्डाले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनबारे पहिलो सेमिनार
पहिलोपटक आयोजित सेमिनारलाई प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, रक्षासचिव रेश्मीराज पाण्डेलगायतले शुभकामना दिएका थिए । दोस्रो दिन सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने सेमिनार गृहमन्त्री थापाले समापन गर्ने कार्यक्रम छ ।

जंगी अड्डाले सरोकारवाला निकायहरूबीच इतिहासमै पहिलोपटक यो सेमिनार आयोजना भएको र नेपालको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनका लागि यो महत्वपूर्ण हुने दाबी गरेको छ ।
यसैबीच, जंगी अड्डामा आयोजित एकीकरण मार्ग कार्यक्रमसम्बन्धी दोस्रो सेमिनार समापनमा प्रधानमन्त्री ओली सहभागी भएका छन् ।

तीनदिने सेमिनारको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले नेपाली इतिहासको स्मृति, पुनर्जागरण र रक्षा गर्ने सेनाको संकल्पको प्रशंसा गरे । उनले जंगी अड्डामा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकनसमेत गरेको जंगी अड्डाले जनाएको छ ।

माघ २६ गते, २०७७ - ०७:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि

काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...   
महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...   

मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु

काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...   

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...   

जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटकाे दुरुपयोग गर्दै भ्रमणमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट...   

अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो

काठमाडौं । जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको...   

बंगलादेशसँग किनिएको मल एक सातामा नेपाल आउँदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको एक...   
नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद् सचिवालयलाई सकस

काठमाडौं । नेकपा विवादले संसद्का काम कारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल...   

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय...   
आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top