


नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने


-
-
माघ २६ गते, २०७७ - ०७:१०

काठमाडौं। निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ ।
आजको राजधानी दैनिकमा खबर छ – आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो ।
उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । आयुक्तहरुको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरु भएको आयोगले जनाएको छ ।
नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीीतक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समम लाग्ने देखिएको हो ।
दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेस भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिनुपर्छ ।
१५ दिनभित्र जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्नेछ । त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमतिबमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेस गरिएका सदस्यहरुको नामावली सनाखतको प्रक्रिया समेत हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शहरभित्र शहर बनाउँदै भरतपुर महानगर
चितवन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने...अस्ट्रेलियामा गरेको समाचार निषेधबारे फेसबुकले दियो यस्तो प्रतिक्रिया
काठमाडौं । सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा...महँगियो हवाई उडान
काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य...किसानको विवरण वेबसाइटमा राख्ने तयारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक...संवैधानिक इजलासका १५ निर्णायक प्रश्न
यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ काठमाडौं...शिविर कुर्दै बुढेसकाल
मोरङ । छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो । अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी...पूर्वराष्ट्रपति डा. यादव भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण
जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर...‘बुद्धिजीवी बिग्रिए सबै बिगार्छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका...गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई...भत्ताले एकल पुरुषको जीवन सहज
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले...
