Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कुनै प्रक्रिया अघि नबढी स्थगित भयो प्रदेश १ को प्रदेशसभा बैठक

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौैँ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगन भएको छ । आज २ः०० बजे बैठक बस्ने भनिए पनि यसअघि संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

सदन ३ः५६ बजे प्रारम्भ हुँदा सत्ता पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय क्रियाकलाप विपरीत काम गर्ने १६ जना सदस्यले संसद्को कुनै पनि गतिविधिमा भाग लिन नपाउने बैठकको प्रारम्भमै उभिएर प्रस्ताव गरेपछि सभामुख भण्डारीले तत्काल आजको बैठक अन्त्य गरी आगामी फागनु ९ गते अपराह्न २ः०० बजे बस्ने घोषणा गरे।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतको सरकारमा ३७ सदस्यले सरकारप्रति अविश्वासको प्रस्ताव दर्ता गराएको थियो भने तीमध्ये पाँच सदस्यले सो प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका छन् । सत्ता पक्षले १६ सदस्यलाई सरकारविरुद्ध क्रियाकलाप गरेको आरोपमा निलम्बन गरेको छ ।

प्रमुख सचेतक राजभण्डारीले सदनमा आएको गतिरोधलाई अन्त्य गर्न र सदनलाई पुनःसञ्चालन बनाउन अब अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गर्ने जानकारी दिए। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदीय अभ्यासमा पहिलो पटक सत्तापक्षबाट नै सदन सञ्चालनमा अवरोध सिर्जना भएको टिप्पणी गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies