


ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ: ऊर्जामन्त्री रायमाझी


-
-
माघ २५ गते, २०७७ - ११:२८

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताए ।
“हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ”, मन्त्री रायमाझीले भने, “स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ ।” उनले अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रुतस्तरमा काम भइरहेको जानकारी दिए ।
उनले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको उनको भनाइ थियो । उनले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताए । “समय कठिन छ अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई अग्र्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताए । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उनको सुझाव थियो ।
मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बुँदे श्वेतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिँदो परिवेशअनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सौर्य ऊर्जाको क्षेत्र व्यापक भएको र कतिपय नीतिगत अप्ठ्यारोले काम गर्न कठिनाइ भएको बताए । उनले ऐन बनाएर नै वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि काम अगाडि बढाइएको समेत जानकारी दिए ।
सौर्य विद्युुत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य व्यवसायीले महत्वपूर्ण योगदान रहेको जनाउँदै राज्यले नीतिगत सहजतामार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिए । सङ्घलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको सङ्घका महासचिव भरतकुमार मल्लले जानकारी दिए । मल्लका अनुसार साधारणसभामा देशभरका ६० जना सौर्य उत्पादक व्यवसायीको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ताम्राकार कम्प्लेक्सबाट बिना बिलको १ सय ७७ थान मोबाइल सहित ७ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित...करेन्ट लागेर २७ वर्षीय कमलको मृत्यु
रुपन्देही । ओमसतिया गाउँपालिका–३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका–१...कोरोनाबाट अमेरिकामा करिब ५ लाख व्यक्तिको मृत्यु
वासिङ्टन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको...नेपालगंजमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
बाँके । नेपालगंज उपमहानरगपालिका–पुरैनीस्थित सडक भे.१ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार...लिबियाका गृहमन्त्रीको हत्या प्रयास
त्रिपोली । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी...ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार
रियो डि जेनेरियो । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको...महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला
मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक...नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह
बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा...पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ जना सैनिकको मृत्यु
मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा...सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
- दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली
- फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल
- प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ
- नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : पूर्वअर्थमन्त्री पाण्डे