Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो ।

कटुवाल सङ्घको यसअघिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भएका छन् ।

सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट भएका थिए । सङ्घको सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानियाँ, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रवीण श्रेष्ठलगायत चयन भएका छन् ।

महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीलगायत पाँचवटा गाउँपालिका एकाइ समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । विसं २०२७ मा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीका उद्योगी व्यवसायीको छाता सङ्गठन मानिन्छ ।

स्थापनाको ५०औँ वर्षगाठ मनाइरहेको उद्योग वाणिज्य सङ्घको अधिवेशन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटनका क्रममा सङ्घले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मूर्ति अनावरण गरेका थिए ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

पछिल्लो कार्यसमितिले विसं २०७५ लाई म्याग्दी भ्रमण वर्षको रूपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी सङ्घ (मोना)सँग समन्वय गरेर बेनी–लभ्लीहिल पदमार्ग बनाएको, सङ्घको भवनमा जडीबुटी सङ्कलन केन्द्र बनाएको छ । सङ्घअन्तर्गत मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकास्तरीय बजार एकाइ समितिसमेत गठन भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies