Khabar Dabali Logo
  March 5, Fri

२ करोड ३९ लाख लागतमा तीन आकाशे पुल निर्माण गरिँदै

विराटनगर । विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प्रमुख अर्जुन थापाले बताए ।

विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिए । विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टीचोकमा रु ९३ लाख लागतमा सो पुल निर्माण गर्न लागेको उनले बताए । छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ ।

तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ । आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ ।

माघ २५ गते, २०७७ - १०:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार...   

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छः अर्थमन्त्री पौडेल

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका...   
वाग्मती नदीमा पानीको सतह बढ्न सक्ने, स्थानीयवासीलाई सजग रहन अपिल

वाग्मती नदीमा पानीको सतह बढ्न सक्ने, स्थानीयवासीलाई सजग रहन अपिल

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ...   

सेनाको लडाकू विमानद्धारा गरिएको कारबाहीमा २३ तालिबान लडाकू मारिए

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध...   
“काठमाडौँ ट्राफिकको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद”

“काठमाडौँ ट्राफिकको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद”

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा...   

म्यान्मारमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ३८ जनाको मृत्यु

याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले...   

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध...   

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी

सोल । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको...   

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः सहमहामन्त्री डा महत

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण...   
बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top