Khabar Dabali Logo
  March 8, Mon

स्थानीय सरकारले भगिनी सम्बन्धलाई तीव्रता दिदैँ

काठमाडौं । स्थानीय सरकार (गाउँपालिका/नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – हालसम्म २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । त्यसमध्ये काठमाडौँ महानगरले मात्रै १७ वटा समकक्षीसँग सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय वा मन्त्रालयसँग यसको यकिन आँकडा पाइँदैन ।

स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारको पूर्वस्वीकृति लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि नआउने गरेका कारण यससम्बन्धी कार्यविधि बनाउन थालिएको सो मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए ।

मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ । दुईपक्षीय सहयोग र अनुभव आदानप्रदान तथा नागरिक कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न थालिएको हो तर यस्तो सहयोग आदानप्रदान सीमित हुने गरेको छ ।

माघ २५ गते, २०७७ - ०८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...   
हराए लालसेना, बिलाए सपना

हराए लालसेना, बिलाए सपना

काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...   

घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...   
राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...   

सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...   

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...   

सत्ता खेलमा अल्झिँदै सांसद्

काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...   

नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...   

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...   

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top