
लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

-
-
माघ २५ गते, २०७७ - ०८:३३

काठमाडौंँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ – थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बन्दाबन्दीका कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् । “समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका कारण अहिले उपचारका लागि अस्पताल आउँदा रोग फैलिएर क्यान्सरसम्म भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई जनालाई क्यान्सर भएको डा. सुवेदीले बताइन् ।
उनले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याका रूपमा आएको हुनाले यससम्बन्धी जनचेतनाको आवश्यकता आँैल्याइन् । यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले बन्दाबन्दीका कारण पाठेघरका क्यान्सर रोगी बढेको तर यकिन तथ्याङ्क भने नभएको जानकारी दिइन् । उनले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका बिरामीलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न उठाउँदै संविधान संसोधनको माग
काठमाडौं । न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न...अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको...नेपालबाट कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने
काठमाडौं । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क...अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने...राजस्व छलीको घटना धमाधम बाहिर आउँदै
काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको...प्रधानमन्त्री ओलीलाई हटाउन कानुनी रूपमै असहज
काठमाडौं। नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान...थप ५० लाख खोप किनिँदै
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको...कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना
सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ काठमाडौं । चोरीको नाटक गरी सहकारीको रकम...अब छिनोफानो संसद्बाटै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा...चुनावका नाममा आयोगको १० करोड खर्च
सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक...
