Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब सिम लोकेटरकाे प्रयोगले अपराधी सहजै पक्राउ गर्ने

काठमाडौं । अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनाउन नेपाल प्रहरीले दुई अत्याधुनिक प्रविधि भित्र्याउने भएको छ । अपराधीलाई सहजै पक्राउ गर्न ‘सिम लोकेटर’ तथा सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धानका लागि ‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रयोग गर्ने प्रहरीको तयारी छ ।

आजको नयाँ पत्रिका दैनिक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘सिम लोकेटर’ प्रणाली जडान गर्न लागेको हो । जुन अन्तिम चरणमा पुगेको ब्युरोका निर्देशक डिआइजी सहकुल थापाले बताए । सिआइबीले यसका लागि गत वर्ष नै टेन्डर गरेको थियो । पुसभित्रै जडान हुनुपर्ने भए पनि कोभिड–१९का कारण केही सामान आपूर्तिकर्ताले दिइनसकेको सिआइबीले जनाएको छ । अबको एक महिनाभित्रै सो प्रविधि जडान हुने डिआजी थापा बताउँछन् ।

‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रहरीको साइबर ब्युरोले जडान गर्न लागेको छ । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेपछि नियन्त्रणका लागि यस्तो प्रविधि प्रयोग गर्न लागिएको छ । जसको हालै टेन्डर स्वीकृत भएको छ ।

सिम लोकेटर : पाँच मिटरमा भेटिनेछन् अपराधी
स्विडेनको ‘फोर इन्टेलिजेन्स डटकम’ नामक कम्पनीमार्फत सिम लोकेटर खरिद हुन लागेको हो । करिब साढे सात करोड करोड रुपैयाँ लागतमा यो प्रविधि जडान गर्न लागिएको हो । अपराध अनुसन्धानमा प्रहरीको प्रमुख माध्यम मोबाइल हुँदै आएको छ ।

मोबाइलकै माध्यमबाट यो सिस्टमले काम गर्ने हो । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुने सिआइबीका डिआइजी थापा बताउँछन् । यो प्रविधि जडान गरेपछि प्रहरीले मोबाइलको माध्यमबाट सहजै अभियुक्त पक्राउ गर्नेछ । यसका लागि लोकेटर लिएर प्रहरी फिल्डमै जानुपर्ने हुन्छ ।

ब्युरोका एक अधिकारीका अनुसार यो प्रविधिले शंकित व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत प्रहरीलाई दिन्छ । हाल कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ । तर, त्यो क्षेत्रमा कुन ठाउँमा छन् भन्ने पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो हुन्छ । कुनै स्थान पहिचान भएमा सिम लोकेटरले कुनै दिशामा कति मिटर टाढा छ भनेर देखाउनेछ । जसले शंकित व्यक्ति सहजै पक्राउ पर्नेछन् ।

यसले सामान्यदेखि ठूला अपराध अनुसन्धानमा समेत धेरै सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी कुनै पनि व्यक्ति रहेको स्थान पहिचान गर्नुअघि प्रहरीले अदालतबाट अनुमति भने लिनुपर्ने हुन्छ । हाल कल डिटेल, एसएमएस तथा लोकेसेन लिन प्रहरीले अदालतको अनुमति लिनुपर्ने हुन्छ । तत्कालका लागि सिआइबीसँग यस्तो एउटा मात्र प्रविधि हुनेछ । कम्तीमा सातै प्रदेशमा एक–एकवटा सिम लोकेटर पुर्‍याउने प्रहरीको तयारी छ । सिस्टम खरिद भइसकेपछि सिम लोकेटर मेसिन मात्र खरिदका लागि भने करिब एक करोड रुपैयाँ पर्नेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिल समेत पत्ता लाग्ने
बढ्दो साइबर अपराध नियन्त्रणका लागि प्रहरीले ओपन स्पेस इन्टेलिजेन्स सिस्टम खरिदका लागि पनि सिंगापुरको कम्पनी छनोट गरेको छ । सो कम्पनीले करिब तीन महिनामा सामान आपूर्ति गर्ने साइबर ब्युरोले जनाएको छ ।

यो प्रविधिबाट ‘डार्कनेट’मा हुने अपराध पहिचान गर्न सहज हुने ब्युरोका अधिकारीहरू बताउँछन् । कुनै कुरा शंकास्पद लागेमा सजिलै खोज्न सकिने तथा इन्टरनेटका डाटा प्रशोधन गर्न सकिनेछ । यसले इन्टरनेटमा हुने शंकास्पद गतिविधिको समेत प्रहरीले सूचना पाउनेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लगाउन सकिने प्रहरी अधिकारी बताउँछन् । ह्याकिङलगायत गतिविधि नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुनेछ । यो प्रविधि पनि करिब सात करोड रुपैयाँमा खरिद हुन लागेको हो । अत्याधुनिक प्रविधिको माध्यमबाट हुने अपराध बढेको र त्यससँग जुध्न प्रहरीले पनि अपराध अनुसन्धानमा प्रविधिकै प्रयोग बढाउँदै लगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies