बागलुङ । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।
हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिए।
उहाँले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने जानकारी दिए। हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए ।
ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताए ।
हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: