Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

कास्की । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ । कोरोनाअघि २६ प्रतिशत हाराहारीमा प्रगति भएको आयोजनाको मङ्सिर र पुस महिनामा पाँच प्रतिशत भौतिक प्रगति बढेर ३१ प्रतिशत पुगेको हो ।

आयोजना सम्पन्न गर्न अब छ महिना समय बाँकी रहँदा दुई तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्र्न कठिन देखिएको छ । पछिल्लो समय आयोजना निर्माण तीव्रताका साथ अघि बढे पनि निर्धारित समयमा पूरा गर्न कठिन देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको आयोजना स्रोतले जनाएको छ ।

यसअघि बन्दाबन्दी तथा निर्माण कम्पनीका प्राविधिक कर्मचारी लामो समय नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा शुरु हुन सकेको थिएन । आयोजना निर्माणका लागि सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनसँग निर्माण सम्झौता भएको थियो । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम शुरु भएको थियो ।

पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले सो आयोजना सञ्चालन गरेको हो ।

कोरोनाका कारण गत भदौसम्म आयोजना पूर्णरुपमा ठप्प थियो । भदौदेखि आंशिक काम शुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा काम शुरु भएको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताए । उनका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेशन ट्याङ्की, स्लो स्याण्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्याङ्की निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक तीव्रताका साथ भइरहेको छ । हाल आयोजनामा ४०० मजदूरले काम गरिरहेको बताइन्छ ।
“कोरोनाका कारण आयोजनालाई असर पारेकाले काम तीवरुपमा अघि बढाएर लक्ष्य भेट्टाउने गरी अहिले काम भइरहेको छ”, डेपुटी परियोजना प्रवन्धक कार्कीले भन्नुभयो, “हाल काममा कुनै व्यवधान र समस्या छैन । तोकिएको समयसीमा भित्रमा आयोजना सम्पन्न गर्ने कुरामा प्रतिवद्ध छौँ ।” आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सैँ घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलव्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरको १९ वडाका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ । पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’९ढुँगा, बालुवा हटाउने पोखरी० बनिरहेका छन् । सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की९स्लोस स्याण्ड फिल्टर० र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ ।

पोखरा बजार क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि आयोजनाअन्तर्गत फूलबारी, कोलपाटन र पस्र्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङ्की निर्माण भइरहेको खानेपानी संस्थानका इञ्जिीनियर सन्तोषकुमार दासले जानकारी दिए। फूलबारीमा निर्माणाधीन ट्याङ्कीको ९५, कोलपाटनको ६० र पस्र्याङको ४० प्रतिशत हाराहारीमा भौतिक प्रगति छ ।

आयोजनाले बजार क्षेत्रमा पाइपलाइन विस्तारलाई तीव्रता दिएर काम अघि बढाएको छ । विगतमा चार समूहबाट काम भइरहेकाले हाल १० वटा टोलीले नदीपुर, नयाँबजार, महेन्द्रपुल, सिर्जनाचोकलगायतका क्षेत्रमा पाइप जडानको काम गरिरहेको इञ्जिीनियर दासले जानकारी दिए । बजार क्षेत्रमा ९९ किमी पाइपलाइन सुधार आयोजनाबाट र १४ किमी खानेपानी संस्थानले विस्तार गर्नेछ । संस्थानबाट विस्तार कार्यका लागि बोलपत्र भएर निर्माण कम्पनी छनोटको तयारी गरिएको बताइन्छ । संस्थानले थप सात हजार ३०० धारा जडान गर्नेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies