Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बैतडीमा विद्यालयबाट फर्किदै गरेकी किशोरीको बलात्कारपछि हत्या

दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

बैतडी । विद्यालयबाट घर फर्कने क्रममा हराएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार साँझ घरनजिकैको लखलेक जंगलमा उनको शव भेटिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनको बलात्कारपछि हत्या गरिएको आशंका गर्दै विद्यार्थीले शुक्रबारबाट आन्दोलन थालेका छन् । उनीहरूले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै शुक्रबार दिनभर बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटना शंकास्पद रहेको बताए । घटनाको सबै कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए ।

अनुसन्धान गर्न सिआइबीको टोली पुग्यो
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको हो । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले एसएसपीको नेतृत्वको अनुसन्धान टोलीलाई सघाउन छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नेतृत्वको टोली पनि खटिएको छ । अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसमेत लगिएको छ ।

चडेपानीमा रहेको श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार विद्यालयबाट नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । सम्पर्कविहीन भएको एक दिनपछि भट्टको मृत शरीर घरनजिकैको जंगलमा फेला परेको थियो । किशोरी भट्टको बलत्कारपछि हत्या गरिएको आशंका गरिएको छ । घटनास्थल मृतक भट्टको घरबाट अढाई किलोमिटर दूरीमा पर्छ । सदरमुकामबाट भने घटनास्थल डेढ घन्टाको दूरीमा छ ।

घटनाबारे बुझ्न बैतडीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनास्थल पुगेको थियोे । टोलीमा जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरीका नायब उपरीक्षक गणेश शाहलगायत थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies